Friday,November 24, 2017
  • :
  • :

कला

जनको असल नायक


कथा व्यथामा लोक नायकको हुन्छ चर्चा,
अनिष्ट जीवन बिताइ जनको गर्छन् रक्षा ।
लाखकोस पर बसी हर्छन् सबको पीडा,
अत्याचारीलाई बली चढाइ गर्छन् किरिया ।।

बितेका पुस्ताहरुले बढाए देशको महिमा,
गौरवपूर्ण काम वयान भो साहित्य कथामा ।
देश विकासका लागि जो भए देश निकाला,
अत्याचारीको किरिया गरी ल्याए स्वतन्त्रता ।।


यो विशाल देशमा लाख मन्दिर करोडौ तलैया,
पवित्र नदी बाग्मती, कोशी पोखरी गंगासागर ।
अग्रगतिमा देश विकास भई बढ्छन् विश्वमा अघि,
कथा व्यथामा समाहित गरी लेख्छन् यहाँका कवि ।।

 
देशमा हामी गर्नुपर्छ तमासजनक काम,
सहनुपर्छ दुःख र कष्ट नालिश अदालत ।
अनेकौं पीडा र बदनामी पछि हुन्छन् नाम,
तत्पश्चात बन्छौ हामी जनको असल नायक ।।  


नामः रामहृदय यादव
रंगदर्पण, जनकपुरधाम

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...