Friday,November 24, 2017
  • :
  • :

कला

‘खजुरीबाली’माथि परिचर्चा

‘खजुरीबाली’माथि परिचर्चा


टुडे समाचारदाता
जनकपुरधाम, ८ भदौ ।

जनकपुरका पत्रकार सुजित कुमार झाको छैठौ कृति मैथिली कथा संग्रह ‘खजुरीबाली’ माथि शनिवार परिचर्चा कार्यक्रम गरिएको
छ ।
सेभ हिस्टोरिकल तथा गंगा सागर सरसफाई अभियानका संयोजक रामअशिष यादवको अध्यक्षता तथा वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलको प्रमुख आतिथ्यमा आयोजित एक समारोहकाबीच पत्रकार झाको कृतिमाथि परिचर्चा गरिएको हो । कार्यक्रममा साहित्यकार रोशण जनकपुरी, मिनापका निर्वतमान अध्यक्ष तथा गायक सुनिल मल्लिक, प्रा.बिजय दत्त लगायतले पत्रकार झाको साहित्यप्रति देखिएको लगनशिता प्रति प्रशंसा गर्दै मैथीली भाषाको विकासको निम्ति अझ सशक्त भएर कलम चलाउन शुभकामना दिएका थिए ।
उक्त कथासंग्रहको भदौ १ गते सप्तरीको राजविराजमा विमोचन गरिएको थियो । कथासंग्रहमा १३ वटा कथा समावेश गरिएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...