Friday,November 24, 2017
  • :
  • :

कला

‘खजुरीबाली’ नामक मैथिली कथा संग्रह लोकार्पण

‘खजुरीबाली’ नामक मैथिली कथा संग्रह लोकार्पण


टुडे समाचारदाता
जनकपुरधाम, २ भदौ ।

पत्रकार सुजीत कुमार झाको ‘खजुरीबाली’ नामक मैथिली कथा संग्रह आईतबार राजविराजमा एक समारोहबिच लोकार्पण गरिएको छ । सो पुस्तकलाई बरिष्ठ पत्रकार शिबहरी प्रसाद भट्टराई र साहित्यकार एवं मैथिली साहित्य परिषदका पुर्व अध्यक्ष देबेन्द्र मिश्रले सामुहिक रुपमा लोकार्पण गरिएको हो ।


मैथिली साहित्य परिषद सप्तरीका अध्यक्ष विवेकानन्द मिश्रको अध्यक्षतामा आयोजित सो मैथिली कथा संग्रह लोकापर्ण समारोहमा एमाओवादीका जिल्ला संयोजक एवं सभासद अशोक कुमार मण्डल अमर, रामानन्द युवा क्लवका संस्थापक अध्यक्ष अमरचन्द्र अनिल, सहयोगी विकास बैंकका कार्यकारी अधिकृत रजनिस कुमार सिंह, नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष रामअशिष यादव, मैथिल महासंघका अध्यक्ष विष्णु कुमार मण्डल सहितकाले मैथिली कथा संग्रहको बारेमा आ आफनो धारणा राख्नुभएको थियो ।


त्यस्तै मधेशी जनअधिकार फोरम नेपालका शेलैन्द्र प्रसाद साह, नागरिक संजालका सुखराम यादव, सगरमाथा साहित्य परिषदका अध्यक्ष मनोहर पोखरेल, शिक्षक खेलानन्द झा, नेपाल पत्रकार महासंघका पार्षदद्धय हेम शंकर सिंह, श्याम सुन्दर यादव सहितको उपस्थिति रहेको थियो ।
परिषदका सतिश कुमार दत्तद्धारा संचालित सो लोकापर्ण समारोहमा परिषदका सचिव महेन्द्र मण्डल वनवारीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । पत्रकार झाले यसअघि ५ वटा साहित्यक रचनाहरु प्रकाशन गर्नुभएको थियो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...