Friday,November 24, 2017
  • :
  • :

कला

जिवन साथी


मिठो बोली सधै बोली माया गरे हुन्थ्यो
हांसी खुशी रमाउने व्यवहार गरे हुन्थयो

गर गहना सुनले के गर्नु चुरापोते
रतिभरि सिन्दुर उपहार गरे हुन्थ्यो

डोली लिइ एक दिन घोडी चढी आएर
सधँैलाई म माथि अधिकार गरे हुन्थ्यो

मिठो बोली सधै बोली माया गरे हुन्थ्यो
हांसी खुशी रमाउने व्यवहार गरे हुन्थयो


साईत पारी भग्यले जुराएमा बन्धन
सुखी भए दैवको जयजयकार गरे हुन्थ्यो

अल्झिदा बाहुपासमा सहन्थे मिठो बन्दना
आपना सारा सपना साकार गरे हुन्थ्यो

मिठो बोली सधै बोली माया गरे हुन्थ्यो
हांसी खुशी रमाउने व्यवहार गरे हुन्थयो

नाम : प्रिया झा
ठेगाना : सारदा नगर, जनकपुरधाम

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...