Saturday,April 21, 2018
  • :
  • :

अन्तरवार्ता

एमाओवादी नेता झा दोधारमा

एमाओवादी नेता झा दोधारमा


एमाओवादीका पोलिट ब्युरो सदस्य रामचनद्र झा दोधारमा परेका छन । एमालेमा हुंदा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अध्यक्ष तथा मंत्रीसम्मको कुर्सी पाएका झा एमाओवादीमा प्रवेश गरेदेखि नै दोधारमा छन । दोस्रो संविधानसभाको निर्वाचनको क्रममा एमाओवादीको तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्वर १ बाट टिकट पाएपनि नराम्ररी पराजित भएपछि उनी झन अल्पमतमा परेका छन । उनी एमालेबाट हजारौका नेता तथा कार्यकर्ता संगै एमाओवादीमा प्रवेश गरेपनि दोस्रो संविधानसभामा जित्न सकेनन ।


एमाओवादीमा सम्मानजनक जिम्मेवारी पनि नपाएको गुनासो गर्दै हिंडेका झाले पछिल्लो समय नयां पार्टी खोल्न लागेको चर्चा पनि सुरु भएको छ । एमाओवादी नेता संग गरिएको संक्षिप्त कुराकानी ।
तपाईंसहित एमाओवादीमा रहेका पूर्वएमाले सबै पूरानो पार्टी फर्कने तयारीमा हुनुहुन्छ भन्ने सुनिन्छ, खास के हो ?
हामी एमालेमा फर्कने भनेर गरिएको प्रचार एउटा अफवाह मात्रै हो । केही साथीहरुको एमालेमै फर्कनुपर्छ भन्ने विचार आएको छ । तर, हामी तत्काल फर्कने सोचमा छैनौं ।


त्यसो भए पूर्वएमालेहरुको छुट्टै भेला किन गर्नुभयो त ?
मैले भेला आयोजना गरेको छैन । विभिन्न चरण्ँमा साथीहरुस“ग छलफल चाहिं भएको कुरा सत्य हो । जहा“सम्म भेलाको कुरा छ, त्यो मैले बेलाएको होइन । मलाई कसैले भेलामा बोलाएको पनि थिएन । भेलापछि साथीहरुले टेलिफोनमा त्यसबारे जानकारी गराउनुभएको थियो ।
भेलाले के निणर््ँय गरेछ, त्यो त थाहा पाउनुभयो नि ?


केही साथीहरु एमाओवादीमा आएको केही समयमै असन्तुष्ट हुनुभयो । उहा“हरुको भनाइ छ कि एमाओवादीमा बस्न हाम्रा लागि सम्मानजनक अवस्था रहेन । जिम्मेवारी दिइएन । त्यसको अर्थ एमालेमै फर्कन खोजेको भन्ने होइन । विभिन्न विकल्पहरुका बारेमा छलफल जारी छ ।
विकल्प भन्नाले के के ?


केही साथीहरु एमाओवादीमै बसेर सम्मानजनक रुपमा काम गर्ने वातावरण्ँका लागि संघर्È गरौं भन्ने पÔमा हुनुहुन्छ । कोही एमालेमै फर्कन उचित हुन्छ भन्नेहरु पनि हुनुहुन्छ । कसैको अशोक राई वा उपेन्द्र यादवको पार्टीमा जानु ठीक हुने राय छ । एमाओवादीमा पनि नबस्सौं, अन्त पनि नजाऔं बरु नया“ पार्टी खोलौं भन्ने मत पनि छ । यी सबै विÈयमा छलफल चलिरहेको छ ।


माओवादीमा केही लिनका लागि जानुभएको थियो, केही नपाएपछि असन्तुष्ट हुनुभएको कि नीतिगत वा वैचारिक कारण्ँले ?
हामी केही लिनका लागि होइन, दिनका लागि एमाओवादीमा गएका थियौं । लिनका लागि एमालेमै हाम्रा लागि धेरै अवसर हुनसक्थ्यो । तर एमालेमा बस्न सकिएन । राजनीतिक, आथिर्क र सामाजिक मुद्धाहरु सही ठानेर हामी एमाओवादीमा गएका हौं । एमाओवादी आफैंमा दोधार अवस्थामा छ । अबको बाटो के हो भन्नेबारेमा स्पष्ट खाका नै छैन । कहिले माओवादी धारका दलहरुबीच एकताको कुरा हुन्छ । कहिले बाबुरामजी यो पार्टीबाट पार लाग्दैन, अब नया“ शक्तिचाहिन्छ भन्दै हिंड्नुहुन्छ । हामी त पछि गएको के भन्नु र ? यस्ता उतार चढावहरुका कारण्ँले गर्दा हामी पनि कन्फयुजमा परेका छौं । माओवादी पार्टीको अगाडि जाने कुनै स्पष्ट गन्तव्य देखि“दैन ।


माओवादी धारका दलहरुबीच अघि बढेको एकता प्रक्रिया प्रति तपाईंको असन्तुष्टि हो ?
पार्टीभित्रै भएकालाई जिम्मेवारी नदिने, अनि एकताको कुरा गरेर मान्छे थुपारेर मात्र के गर्ने ? हामी जति पनि एमालेबाट एमाओवादीमा आएको छौं । कसैले पनि माओवाद स्वीकार गरेर आएका होइनौं । हामी माओवादमा होइन, समावेशी लोकतन्त्रमा विश्वास गर्छौं । समावेशी लोकतन्त्र मानेरै एमाओवादीमा आएका हौं ।


तपाईंले आफू होइन, साथीहरु असन्तुष्ट हुनुहुन्छ भन्नुभयो, तपाईंको कुरा चाहिं एमाओवादी छाड्नुपर्छ भन्ने वा बसेरै सुधार्नुपर्छ भन्ने के हो ?
छलफलकै क्रममा छौं । एक दुई साता छलफल चल्छ । त्यसपछि केही निष्कर्È निस्कन्छ । तर छलफमला म धेरै संलग्न छैन । साथीहरुले छलफलमा उठेका विÈयबारे जानकारी गराउनुभएको छ । उहा“हरुको पीडाप्रति मेरो पनि चिन्ता छ । मलाई पनि त्यहा“ बस्न अप्ठेरो भइरहेको छ । एकपटक म प्रचण्डजीस“ग कुरा गर्छु । आक्रोशित र असन्तुष्ट भएर मानिसहरु बाहिर गए पनि उहा“हरुकै लागि प्रतित्युत्पादक हुन्छ भनेर सम्झाउ“छु । चिन्तित भएका साथीहरुलाई भनेको छु, अ“ध्यारो कोठामा बसेर होइन, खुला ढंगले छलफल गर्ने हो ।


असन्तुष्टिकै कारण्ँ एमाले छाड्नु भो, अहिले एमाओवादी पनि त्यही कारण्ँ छाड्ने कुरा गर्दै हुनुहुन्छ ?
हामीले सिद्धान्तमा ठूलै मतभेद भएर एमाले छाडेको होइन । पार्टीले तस्कर र माफियालाई प्रश्रय दियो । पार्टीका लागि रगत र पसिना बगाएकाहरुमाथि राम्रो व्यवहार नगरेका काण्ँ यता आयौं । यता पनि सम्मानजनक व्यवहार भएन ।
प्रचण्डलाई भेटेर के भन्नुहुन्छ ?


अध्यÔस“ग एकपटक निणर््ँायक कुरा गर्छु । हाम्रो असन्तुष्टिबारे उहा“ले के सोच्नुभएको छ, थाहा छैन । मुल कुरा मेरो मधेसवादी दलहरुस“गको सहकार्यका बारेमा गम्भीर असहमति छ । किनकी उनीहरु राष्ट्रिय एकता र अखण्डताप्रति प्रष्ट छैनन् । उनीहरुले रिस उठेका बेला मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने गरेका छन् । उनीहरुले साम्प्रदायिक घृण्ाँ फैलाउने गरेका छन् । तराईमा बस्ने ३० प्रतिशत पहाडीहरुको विश्वास नजिती कसरी कम्युनिष्ट पार्टी टिकाउने ? उनीहरुको विश्वास आर्जन गर्नुपर्नेमा मधेसीस“ग घनिष्ठ छन् ।


सुशासनका विÈयमा उनीहरु प्रष्ट छैनन् । मधेस केन्द्रित दलका उपेन्द्र यादवमध्ये अधिकांश नेता भ्रष्टाचारमा मुछिएका छन् । यो बारेमा पनि प्रचण्डस“ग कुरा गर्छु । उहा“ले कसरी आश्वस्त तुल्याउन सक्नुहुन्छ, कसरी अगाडि जाने भन्ने कुरा त्यसैमा चर पर्छ । यो कुनै उत्तेजनाको विÈय होइन ।
 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...