Friday,October 20, 2017
  • :
  • :

स्थानीय

नेपाली काङ्ग्रेस पर्साको जिल्ला सभापति पदमा द्विवेदी निार्वचित

नेपाली काङ्ग्रेस पर्साको जिल्ला सभापति पदमा द्विवेदी निार्वचित



अनिल तिवारी
वीरगन्ज,माघ२८
 नेपाली काङ्ग्रेस पर्सा जिल्ला सभापति पदमा अजय कुमार द्विवेदी निर्वाचित भएका छन् ।  नेपाली काङ्ग्रेस पर्साको  १३ औं जिल्ला अधिवेशको शुक्रबार सम्पन्न भएका निर्वाचनमा द्विवेदीले आप्mना निकटत्म प्रतिद्वन्दी जनार्धन सिंह क्षेत्रीलाई एक सय ९५ मत अन्तरले पराजीत गर्दै ज्ल्लिा  सभापति पदमा निर्वाचित भएका हुन ।
       सभापति पदका लागि भएको मतदानमा खसेको नौं सय ८ मत मध्ये निर्वाचित भएका द्विवेदीले पाँच सय ५० मत हासिल गरेका छन । उनका निकत्म  प्रतिद्वन्दी सिंहले ३५५ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले जानकारी दिनुभयो । उहाँले खसिएको कुल मत मध्य ३ मत बदर भएको  बताउनु भयो ।
       यसै बीच नेपाली काङ्ग्रेस जिल्ला सचिव, कोषाध्यक्ष र सदस्य पदको लागि भएको मतदान गन्ती बेल्का ६ बजे देखी सुरु भएको निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनु भयो ।
        १३औं जिल्ला अधिवेशनबाट निर्वाच हुने पदाधिकारी तथा सदस्यहरुलाई भोली औपराचिक कार्यक्रमका बीच  प्रमाण–पत्र दिइने निर्वाच अधिकृत कोइरालले बताउनु भयो ।


 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...