Tuesday,December 12, 2017
  • :
  • :

अन्तराष्ट्रिय

अमेरिकाको विमानस्थलमा आक्रमण, पाचको मृत्यु

अमेरिकाको विमानस्थलमा आक्रमण, पाचको मृत्यु


एएफपी
प्mलोरिडा, २४ पुस । अमेरिकाको प्लोरिडा विमानस्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पँच जनाको मृत्यु भएको छ । घटनामा अन्य ८ जना घाइते भएका छन् ।
प्mलोरिडाको फोर्ट लाउडरडेल विमानस्थलको टर्मिनल टूमा बन्दुकधारी व्यक्तिले अन्धाधुन्ध गोल चलाएको सरकारी अधिकारीले बताएका छन् ।एक व्यक्तिलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । स्टेबान सान्टियागो नाम गरेका व्यक्तिले आक्रमण गरेको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

सान्टियागोले आप्mनो झोलामा बन्दुक ल्याएको उल्लेख गरिएको छ । आक्रमण किन गरिएको हो भन्ने अहिले खुली नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सान्टियागोसँग सैनिक परिचयपत्र रहेको सिएनएनले जनाएको छ । उनी सन् २००७ मा राष्ट्रिय सुरक्षा गार्डमा भर्ति भएको र २०१० मा १० महिनाका लागि इराक गएको उल्लेख गरिएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...