Tuesday,December 12, 2017
  • :
  • :

समाज/गाउँघर

मैत्रीपुर्ण खेलमा गोरखनाथ गण विजयी

मैत्रीपुर्ण खेलमा गोरखनाथ गण विजयी


टुडे समाचारदाता
जनकपुरधाम, २४ पुस । गोरखनाथ गण महेन्द्रनगर र मणीमण्डप क्लब बीच शनिबार भएको मैत्रीपुर्ण फुटबल म्याचमा गोरखनाथ गण विजयी भएको छ ।

गोरखनाथ गण महेन्द्रनगरले मणीमण्डपलाई १–० अन्तरले पराजित गरेको छ । खेलको ६२ औं मिनेटमा पुर्ण घलानले गोल गरेर गोरखनाथलाई अग्रता दिलाएका थिए । दोश्रो हाफको सुरुमै अग्रता लिएको गोरखनाथ गणको लागि सोही गोल निर्णायक साबित भयो ।

खेलको पहिलो हाफमा दुवै टोलीले  गोलरहित खेलेका थिए ।  दुवै टोलीले पाएको मौकाको फाइदा उठाउन सकेका थिएन । मणीमण्डपका खेलाडीहरुले  मौका बनाएपनि त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन ।

मणीमण्डपको तुलनामा  बढी फुर्तिलोे देखिएका गोरखनाथ गणका खेलाडीहरुले खेलको अधिकांश सयम बल आप्mनो नियन्त्रणमा राखेका थिए । मणीमण्डपका मिडफिल्डरले राम्रो खेलको प्रदर्शन गरेपनि स्ट्राइकरको खेल निराशाजनक रहयो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...