Tuesday,December 12, 2017
  • :
  • :

स्थानीय

आयोगको प्रतिवेदन अस्वीकार्य


रासस
काठमाडौ, २४ पुस । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले हालै सार्वजनिक भएको स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन आफूहरुलाई अस्वीकार्य भएको जनाएको छ ।

जनसंख्याको मूल आधारलाई समेत बेवास्ता गर्दै स्थानीय निकायको संरचनाबारे हाल बुझाइएको प्रतिवेदन संघीय राज्य पुनःसंरचनाको मूल अवधारणा र स्वयम् नेपालको संविधानको धारा ५६ को (४) र (५) र धारा २९५ को (३) विपरीत भएकाले यस्तो संरचनाको खाका मधेसलाई मान्य नभएको तमलोपाले एक विज्ञप्तिमार्फत प्रष्ट पारेको छ ।

“संघीय राज्य पुनःसंरचनामा संघ, प्रदेश, स्थानीय निकाय र विशेष÷संरक्षित वा स्वायत्त क्षेत्रको समन्वयको मान्य सिद्धान्तअनुसार स्थानीय निकाय तथा विशेष/संरक्षित वा स्वायत्त क्षेत्र प्रदेशको क्षेत्राधिकार पर्ने कुरा सर्व्विदितै रहेपनि मूल सिद्धान्तको विपरीत आएको संरचना हामीलाई स्वीकार्य छैन– पार्टीका वरिष्ठ उपाध्यक्ष ह्दयेश त्रिपाठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले ७१९ स्थानीय तहसहितको प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएको थियो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...