Friday,October 20, 2017
  • :
  • :

स्थानीय

धनुषा र महोत्तरीमा १३/१३ स्थानीय तह

धनुषा र महोत्तरीमा १३/१३ स्थानीय तह


टुडे समाचारदाता
जनकपुरधाम, २४ पुस । स्थानीय तह पुनर्सरचना आयोगले धनुषा जिल्लामा १३ वटा गाउंपालिका÷नगरपालिकाको टुङगो लगाएको छ ।

आयोगका पदाधिकारीहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” लाई बुझाएको स्थानीय तह पुनर्सरचनाको संशोधित प्रतिवेदनमा धनुषामा १३ वटा गाउंपालिका÷नगरपालिका हुनेछ ।

प्रतिवेदन अनुसार, धनुषामा एक उपमहानरपालिका, ८ वटा नगरपालिका र ४ वटा गाउंपालिकाको संरचना तय गरिएको छ ।

टुङगो लगाइएको एक उपमहानगरपालिकामा जनकपुर उपमहानगरपालिका रहेको छ भने नगरपालिकाहरुमा गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, योगीबाबा नगरपालिका, सहिदनगर नगरपालिका, सप्तऋषि नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका,मिथिला नगरपालिका र नगराईन नगरपालिका रहेको छ ।

प्रधानमन्त्रीलाई बुझाइएको संशोधित प्रतिवेदनमा योगीबाबा नगरपालिका, सहिदनगर नगरपालिका, सप्तऋषि नगरपालिका र नगराईन नगरपालिका थप गरिएको छ । यसबाहेकका चार ओटा नगरपालिका अघि नै गठन भइसकेका छन् ।

यस्तै, निर्धारण गरिएको ४ वटा गाउंपालिकामा जमुनी गाउंपालिका, मिथिला बिहारी गाउंपालिका, हंसपुर गाउंपालिका र कमला सिद्धिदात्री गाउंपालिका रहेको छ ।

यस्तै स्थानीय निकायको पुनःसंरचना गर्न गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले महोतरीमा १३ स्थानीय तहसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।अव महोतरी सहित देशमा १३७१९ स्थानीय तह भएको छ  ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा आयोगका अध्यक्ष बालानन्द पौडेलले संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेमार्फत सरकारलाई  बुझाएको प्रतिवेदनमा महोतरीमा जलेश्वर नगरपालिका, बर्दिबास नगरपालिका  र गौशालानगरपालिका गरि तीन नगरपलिका तथा मटिहानी गाउपालिका,सोनमा गाँउपालिका,सम्सी गाउपालिका, लोहारपट्टी गाउपालिका,रामगोपालपुर गँउपालिका, भंगहा गँउपालिका, पिपरा गाउपालिका, मनरा गाउपालिका, पिपरा गाउपालिका, एकडारा गाउपालिका गरी १० पालिका गरी स्थानीय तहको व्यवस्था गरिएको उल्लेख गरिएको छ ।

आयोगले तोकेकै संख्याका आधारमा १३ ईलाका रहने गरि नगरपालिका र गाउपालिका सहितको प्रतिवेदन सार्वजनिक गरेपछि प्रतिवेदन प्रति  केही राजनितिक दलका प्रतिनिधि र सांसदले असन्तुष्टि व्यक्त गरेका
छ ।
जिल्ला विकास समिति महोतरीका  स्थानीय विकास अधिकारी कुष्ण कुमार चापागाईका अनुसार अनुसार राजनीतिक दल र प्राविधिक सहयोग समितिबीच सहमति नभएपछि आयोगमा एउटा खाका पठाइएका थिए ।समितिले १३ ईलाका रहने गरी  गाउपालिकाको खाका बनाएर पठाएका आधारमा नै प्रतिवेदन आएको बताए ।

     हाम्रा माग र समस्या ख्यालै नगरी आएको नगरपालिका र गाउ पालिका सहितको स्थानीय तहको व्यवस्था हामीलाई मान्य नभएको सदभावना पार्टीका जिल्ला अध्यक्ष सुदिप कुमार झाले बताए  ।

आयोग आफैंले निर्धारण गरेको मापदण्डविपरीत काम गरी प्रतिवेदन ल्याएको महोतरी क्षेत्र नम्बर ४ का स्वतन्त्र सांसद चन्देश्वर झाले बताएको छ ।

नेपाली कांग्रेस सांसदह किरण यादवले असमान वा अवैज्ञानिक जनसंख्याका आधारमा गरिएको स्थानीय तहको व्यवस्था  र पुनस्संरचना मान्य नहुने बताएकी छिन ।

सरकारलाई बुझाइएको सो प्रतिवेदनमा चार महानगरपालिका, १२ उपमहानगरपालिका, २४१ नगरपालिका र ४६२ गाउपालिका गरी ७१९ स्थानीय तहको व्यवस्था गरिएको छ भने वडाको संख्या छ हजार ५५३ रहेको छ  ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...