Tuesday,December 12, 2017
  • :
  • :

स्थानीय

अधिबेशनको माग गर्दै नेकाँको धर्ना

अधिबेशनको माग गर्दै नेकाँको धर्ना


टुडे समाचारदाता
जनकपुरधाम, २४ पुस । नेपाली काग्रेस जिल्ला कार्य समिति धनुषाको अधिबेशनको माग गर्दै नेताहरु धर्नामा बसेका छन् । जिल्लाको १३ औं अधिबेशन यथाशिघ्र गराउनुपर्ने माग गर्दै शुक्रबारदेखि पार्टी कार्यालयमा धर्नामा बसेका हुन् ।

धनुषा क्षेत्र नं. ५ को क्षेत्रिय अधिबेशन नभएको कारणले तोकिएको मितिमा जिल्ला अधिबेशन समेत हुन नसक्दा शिघ्र अधिबेशनको माग गर्दे पार्टीका पूर्व महाधिबेशन प्रतिनीधि राम पल्टन साहको नेतृत्वमा धर्ना बसेको हो ।

देशको कुल २ सय ४० निर्वाचन क्षेत्रमध्ये देभरिमा २ सय ३९ निर्वाचन क्षेत्रको अधिबेशन सम्पन्न भइसकेको छ भने मात्र धनुषाको क्षेत्र नं. ५ को क्षेत्रिय अधिबेशन हुन बांकी रहेको नेपाली कांग्रेसका युवा नेता सुरेश कोइरालाले जनाए ।

पार्टी कार्यालय परिसरमा धर्नामा बसेका पार्टीका नेताहरुलाई पौडेल पक्षधरहरुले समेत धर्नालाई समर्थन गरेको हो । धनुषा निर्वाचन क्षेत्र नं. ४ का पौडेल पक्षधर नेताहरुले धर्नामा हस्ताक्षर गर्दै मागप्रति समर्थन जनाएको नेता कोइरालाले थपे ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...