Friday,October 20, 2017
  • :
  • :

स्थानीय

अबैध चाँदीका गहना सहित युवक पक्राउ

अबैध चाँदीका गहना सहित युवक पक्राउ


अनिल तिवारी

वीरगन्ज, २४ पुस । भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेको साढे पँच किलो भन्दा बढी तोल बराबरको  चँदीका गहना सहित एक व्यक्तिलाई पर्सा प्रहरीले नियन्त्रणमा लिइ सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार पत्रकार सम्मेलनको आयोजना  गरी पाच किलो ६ सय १५ ग्राम चाँदीका गहना सहित पक्राउ परेका वीरगन्ज उपमहानगपालिका वडा नम्बर ३ छपकैया  निवासी प्रदीप साह सोनारलाई सार्वजनिक गरेको हो ।

वीरगन्जको रजतजयन्ती चोकमा  शुक्रबारराती ना ३३ प ३३६२ नम्बरको मोटरसाइकलमा सवार रहेका सोनारलाई रोकी चेकजाच गर्दा  मोटरसाईकलको सिटमुनी लुकाइ राखिएको सिन्दुर राख्ने चादीको एक सय ५३ थान डब्बा बरामद भएपछि आवश्यक अनुशन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक गोबिन्द कुमार साहले जानकारी दिनुभयो ।

 उहाले मोटरसाइकलको सिटमुनी चँदीका गहना लुकाई छिपाई नेपाल भित्र्याउने प्रयास हुन लागेको पुर्व सुचनाको आधारमा सोनारलाई गहना सहित पक्राउ गर्न सफल भएको बताउनु भयो ।

बरामद गरिएको चँदीका गहना, मोटरसाइक र पक्राउ परेका सोनारलाई आवश्यक कार्यवाहीका लागि आजै बाराको पथलैयामा स्थिती राजश्व अनुशन्धान कार्यालयमा बुझाउने तयारी प्रहरी उपरिक्षक साहले जानकारीदिनुभयो । उहँले पर्सा प्रहरीले गएको एक महिनामा पर्साको विभिन्न स्थानबाट भन्सार छली भित्र्याइएका  दुई करोड ३० लाख२७ हजार रुपैया मुल्य बराबरको विभिन्न समान बरामद गरेको छ ।

 प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्र्याउन लागेका कपडा, खाद्ययान, सौर्दयप्रशाधन, मोटरपर्टस, तथा वनबाट फडानी गरिएको काठहरु बारमद गरी आवश्यक कार्यवाहीकालगि सम्बन्धित कार्यालयको जिम्मा लागएको उपरिक्षक सहाले जानकारी दिनु भएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...