Friday,October 20, 2017
  • :
  • :

मनोरञ्जन

“ओम पुरी” लिए संसारबाट विदा, बलिवुडको एक अध्याय समाप्त

“ओम पुरी” लिए संसारबाट विदा, बलिवुडको एक अध्याय समाप्त


नयां दिल्ली । बलिवुडका चर्चित एवम् दिग्गज अभिनेता ओम पुरीलाई चिन्ने शायदै कोही फिल्म प्रेमी होला । हिन्दी चलचित्रमा विशेषत् खलनायकको भूमिकामा निर्वाह गर्दै आएका ओम पुरी आफनो आवाज र कला, अभिनयले बलिवुडलाई अमृत थप्दै आएको कुरा सर्वविदितै छ । तर बलिवुडको एक अध्याय नै समाप्त भएको  छ । दिग्गज अभिनेता ओम पुरी अब यो संसारबाट विदा लिएका छन् ।

हो, शुक्रबार विहान अभिनेता ओम पुरीले आफनो ६६ बर्षको उमेरमा आफनो आखिरी दम तोडेका छन् । ओमपुरीको जन्म अक्टोबर १८ सन् १९५० मा भएको थियो । पारिवारी स्रोतको अनुसार, अभिनेता ओम पुरी विगत केही दिनदेखि विरामी थिए तर पनि उनले आफनो आउनेबाला फिल्म “रामभजन जिन्दावाद” को प्रमोशनमा जुटेका थिए । अभिनेता ओम पुरीले आफनो मृत्यूको बारेमा स्वयं आफै नै भविष्यवाणी गरेका थिए ।

 

यद्यपी विश्वास हुंदैन तर यो कृुरा सत्य भएको परिवारजनले जनाएको छ । एक अन्तरवार्ताको क्रममा ओम पुरीले भनेका थिए की “आफूलाई मृत्यूको रतिभर पनि भय छैन । विरामीको भय हुन्छ, जब हामी देख्छौ की मान्छे लाचार हुन्छ तब विरामीको कारण नै अरुमा निर्भर हुन जान्छ ।

मलाई त्यही कारणले डर लागिरहेको छ बांकी मृत्यूको डर त मलाई लाग्दैन ।” मार्च २०१५ मा लिइएको अन्तरवार्ताको क्रममा उनले भनेका थिए– मृत्यूको तपाईलाई थाहा पनि हुंदैन, सुत्दासुत्दै हामी जानेछौ, तपाईलाई थाहा हुनेछ की ओम पुरीको हिजो निधन भयो, र यो भनेपछि उनले हासिदिए । स्रोतका अनुसार, अभिनेता ओम पुरीको निधन हर्ट अटैकबाट भएको हो ।

पुरीको निधनपछि बलिवुड र उनका प्रशंसक अहिले शोकमा डुबेका छन् । बलिवुड संगै हलिवुडमा समेत आफनो अदा प्रर्दशन गर्न सफल ओम पुरी चुनिएको कलाका रहरुमध्ये एक हुन । जसले कमर्सियल र समानन्तर सिनेमामा सफलताको शिखर चुमे । अंवालाको एक पंजावी परिवारमा जन्म लिएका ओम पुरीले फिल्म, एड टेलिविजन इस्टिटयुट पुणेमा पढाई गरेका थिए । १९९३ मा ओम पुरीले नंदिता पुरीसंग विवाह गरेका थिए ।

२०१३ मा उनको तलाक भएको भयो, पुरीको एक इसान नामको छोरा समेत रहेको थियो । परिवारको जरुरी पुरा गर्नका लागि ओम पुरीले ढावासम्म चलाएका थिए र त्यसमा काम समेत गरेका थिए ।
 बलिवुडमा उनले तीन दशकसम्म आफनो अदाकारी भुमिका निर्वाह गरेर दुनियालाई दिवाना बनाउन सफल भए । परिवारजनका अनुसार, ओम पुरी फिल्म अभिनेता नभएर रेल्वेका ड्राइभर बन्न चाहन्थे ।

परिवारको लागि उनले ढावामा समेत काम गरे, ढावामा केही दिन काम गरेपछि ढावाका मालिकले उनलाई चोरको आरोप लगाएर उत्ताबाट पनि निकाली दियो । ओम पुरी रेल्वे ड्राइभर यसको लागि बन्न चाहन्थे की जहां उनको घर थियो त्यसको ठिक पछाडी रेल्वे यार्ड पनि थियो । रातीको समयमा प्राय पुरी घरबाट भागेर कुनै रेल्वेको वगीमा सुत्न जान्थे ।

उनलाई रेल्वेसंग अत्यधिक लगाव थियो , केही दिनपछि उनले पटियाला पुगेर आफनो प्रारम्भिक शिक्षा समेत हांसिल गरेका थिए । विभिन्न कारण ओम पुरी विभिन्न समयमा आफनो निजी जीवनमा विवादका कारण चर्चामा रहदै आएका थिए । ओम पुरीको निधनपछि बलिवुडसंगै उनका प्रशंक अहिले शोकमा डुबेका छन् भने बलिवुड नगरीको लागि एक अध्याय समाप्त भएको मानिन्छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...