Thursday,October 19, 2017
  • :
  • :

राष्ट्रिय

सीमांकन परिवर्तन संविधान प्रतिकूल


टुडे समाचारदाता
काठमाडौं, २३ पुस । नेकपा मालेका महासचिव सीपी मैनालीले सीमांकन परिवर्तन गर्ने गरी हुन लागेको संविधान संशोधन संविधान प्रतिकूल हुने बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित विपक्षी दलको जनप्रदर्शनमा सम्बोधन गर्दै महासचिव मैनालीले सर्वाेच्चले जारी गरेको आदेश विपरित सीमांकन परिवर्तन गर्नेगरी संशोधन हुनै नसक्ने बताए ।

संविधान संशोधन प्रस्ताव गैरसंवैधानिक रहेको र यसको अन्तरबस्तु अन्तरघाती रहेको उल्लेख गर्दै मैनालीले प्रतिपक्षी दललाई संशोधन प्रक्रिया रोक्नु बाहेक अर्काे बाटो नरहेको बताए ।

महासचिव मैनालीले संविधान निर्माणसँगै सुरु भएको भारतीय नाकाबन्दी हटेको भएपनि उसका एजेण्डा फिर्ता नभएको बताए ।
‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नाकाबन्दीको बिरोध गरेपछि ढालेर प्रचण्ड सरकार निर्माण गरिएको हो,’ उनले भने, ‘प्रचण्ड भारतकै चाहाना पुरा गराउने काममै तल्लिन छ ।’

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...