Friday,October 20, 2017
  • :
  • :

व्यापार

सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्


टुडे समाचारदाता
काठमाण्डौ, २३ पुस । दशै तिहार र छठको अवसरमा सिटी एक्सप्रेसले नेपाली उपभोक्ताहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’  उपहार योजनाको भाग्यशाली बम्पर उपहार विजेता घोषणा गरेको छ ।
सोही योजना अन्तर्गत १२ जना साप्ताहिक बिजेताहरुले १२ थान ३२ इन्च एल.इ.डी टेलिभिजन प्राप्त गरीसक्नु भएको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै बम्पर उपहार योजनाको विजेता बिद्युतिय गोला प्रथा मार्फत छनौट गरेको हो ।

बम्पर उपहारको विजेताका रुपमा महोत्तरी स्थित लक्ष्मीनिया–७ निवासीे सन्दिप कुमार महतो छनोट हुनु भएको छ । उहँले कम्पनीको तर्फबाट काठमाडौं उपत्यकामा ४ आना घडेरी  जित्न सफल हुनु भएको छ । यो योजनासंग सम्बन्धीत आफ्ना समस्त गा्रहकहरुलाई सिटी एक्सप्रेस मनी टूान्सफर परिवारकोतर्फबाट हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।

कम्पनीद्वारा सञ्चालित उपहार योजनाको विजेताको घोषणा संगसँगै कम्पनीले नयाँ लोगोपनि प्रयोजनमा ल्याएको जानकारी दिइएको छ । कम्पनीले समयसँगै उपलब्ध गराउन थालेका विविध सेवा तथा सुविधामा ल्याएको परिस्कृतिकरण र बृहत सुविधा लगायत कारणलाई दृष्टिगत गर्दै नयाँ लोगो सञ्चालनमा ल्याएको जानकारी दिएको छ । 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...