Tuesday,December 12, 2017
  • :
  • :

खेलकुद

भारतीय टोलीमा युवराज फर्के

भारतीय टोलीमा युवराज फर्के


एजेन्सी
जनकपुरधाम, २३ पुस । आउदो १५ जनवरी देखि सुरु हुन लागेको इंग्लैण्ड विरुद्धको वनडे र टी २० श्रृंखलाको लागि भारतीय टोलीको घोषणा गरिएको छ ।
शुक्रबार मुम्बईमा बसेको चयन समितिको बैठकले भारतको वनडे र टी २० को नियमित कप्तानको रुपमा विराट कोहलीलाई चयन गरेको छ ।
कोहलीको नेतृत्वमा बुधबार मात्रै कप्तानी परित्याग गरेका धोनीसहित १५ जना खेलाडीलाई चयन गरेको
छ ।

धोनीले एकाएक वनडे र टी २० को कप्तानी छाडेपछि शुक्रबार बसेको चयन समितिको बैठकले कोहलीलाई नियमित कप्तान नियुक्त गरेको हो ।
कोहलीले भारतीय टेष्ट टोलीको कप्तानी यसअघि नै सम्हाल्दै आएका छन । भारतीय टोलीमा लामो समयदेखि बाहिर रहेका अलराउण्डर युवराज सिंहलाई फेरी मौका दिएको छ ।

उनलाई वनडे र टी २० दुवै टोलीमा स्थान दिएपनि सुरेश रैनाले भने वनडे टोलीमा स्थान बनाउन असफल भएका छन । उनी टी २० टोलीमा परेका छन । यसका साथै विकेटकिपर ब्याटसम्यान रिसभ पन्तले टी २० क्रिकेटमा मौका पाएका छन ।

वनडे टोलीमा कोहली (कप्तान), लोकेश राहुल, शिखर धवन, धोनी, मनिष पाण्डे, केदार जाधव, युवराज सिंह, अजिंकये रहाणे, हार्दिक पाण्डया, आर अश्विन, रविन्द्र जडेजा, अमित मिश्रा, जसप्रित बुम्रा, भुवनेश्वर कुमार र उमेश यादव छन ।

यस्तै टी २० टोलीमा कोहली(कप्तान), लोकेश राहुल, मनदिप सिंह, धोनी, युवराज सिंह, सुरेश रैना, रिसभ पन्त, हार्दिक पाण्डया, आर अश्विन, जडेजा, युजवेन्द्र चहल, मनिष पाण्डे, जसप्रित बुम्रा, भुवनेश्वर कुमार र आशिष नेहरा रहेका छन । हालै सम्पन्न टेष्ट श्रृंखलामा नराम्ररी पराजित भएको इंग्लैण्डसित भारतले तीन वनडे र तीन टी २० म्याच खेल्ने भएको छ । 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...