Friday,October 20, 2017
  • :
  • :

छर-छिमेक

एचएको आन्दोलनमा प्रहरी हस्तक्षेप

एचएको आन्दोलनमा प्रहरी हस्तक्षेप


टुडे समाचारदाता
वीरगंज, २३ पुस । गत पुस १७  गते देखि चरणवद्ध आन्दोलनमा उत्रेका पर्साका हेल्थ असिष्टेन्टहरु माथि शुक्रबार पर्सा प्रहरीले दमन गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख राजकिसोर पंडितको कार्यकक्षमै धारणा दिइरहेका आन्दोलनकारीहरुलाई प्रहरीले हस्तक्षेप गरी हटाएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक ऋषिराज ढुंगनाको नेतृत्वमा गएको प्रहरीहरुको टोलीले आन्दोलनकारीहरुलाई हटाउने क्रममा केहि बेर कार्यालयमा तनाव समेत उत्पन्न भएको थियो ।  आन्दोलनकारीहरुले “राष्टू सेवक कर्मचारीहरु माथि दमन गर्न पाईदैन ।

प्रहरी प्रशासन मुर्दावाद, नालायक कार्यालय प्रमुख जिल्ला छोड,निजामति कर्मचारीहरु माथि दमन गर्न पाइदैन, शान्तिपुर्ण आन्दोलन प्रतिको हस्तक्षेप बन्द गर” लगायतको नारा लगाएका थिए ।

कार्यालय प्रमुख राजकिशोर पंडितलाई बहिर निकाले संगै प्रहरीले आन्दोलनकारीहरुलाई समेत नियन्त्रण लिइ जिल्ला प्रहरी कार्यालय पर्सामा लगेको थियो  र पछि  करिव ३ घण्टा पछि आन्दोलनकारीहरुलाई प्रहरीले छोडेको हेल्थ असिष्टेन्ट संघ पर्साका अध्यक्ष रबिन्द्र साहले बताए । साहले माँग पुरा नभए सम्म आन्दोलन जारी रहने र भोली देखि आन्दोलन कडा रुपमा अघि बढने बताए ।

 प्रहरी दमनको घोर भत्र्सना गर्दै आन्दोलनका अगुवा मध्येका एक शिवनारायण मण्डलले शान्तिपुर्ण आन्दोलनमा उक्रेका राष्टू सेवक कर्मचारी माथी प्रहरीले गैर लोकतान्त्रिक कार्य गरेको बताए ।

यसैगरी हेल्थ एसिष्टेन्टका केन्द्रिय सदस्य अनिल कुमार यादवले प्रहरी दमनको देशव्यापी भण्डाफोर गर्ने र यथाशिघ्र मांग पुरा नभए देशभरिका हेल्थ असिष्टेन्टहरु आन्दोलित हुने बताए ।  गत बुधबार र बिहिबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बार्ता निष्र्कषबिहिन भएपछि शुक्रबार आन्दोलनकारीहरु  कार्यालय प्रमुखकै कार्यकक्षमा धारणा दिएका थिए ।

प्रहरी नियन्त्रणमा  हेल्थ असिष्टेन्ट नेपालका केन्द्रिय सदस्य अनिल कुमार यादव, हेल्थ असिष्टेन्ट पर्साका उपाध्यक्ष सुनिल कुर्मी,  सचिव राजु साह, सदस्यहरु शिवनारायण मण्डल,संजय यादव, लगायत थिए  भने आन्दोलनमा विनु श्रेष्ठ, अपसरा देवकोटा, संजीता ढकाल, बबिता साह, भगवती भट्ट, सर्मीला मल्ल लगायत ८० जना भन्दा बढी हेल्थ असिष्टेन्टहरुको उपस्थिती रहेको थियो । 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...