Tuesday,December 12, 2017
  • :
  • :

छर-छिमेक

मोचाले अडान छाडे


राकेश यादव
रौतहट, २३ पुस । रौतहट जिल्लामा सञ्चालन हुने विकास निर्माणका योजनाहरु टेण्डर प्रक्रियावाट हुनुपर्ने मांग राख्दै आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आप्mनो अडानवाट पछि हटेका छन ।

आर्थिक वर्ष २०७३/७४ मा संचालन हुने योजनाहरु पारदर्शी रुपमा टेण्डर गरी विकास निर्माणको कार्य अघि बढाउनु पर्ने मंसिर १३ गतेमा स्थानीय विकास अधिकारीलाइ ज्ञापन पत्र बुझाएका मोर्चाले मुद्दावाट पछि हटदै पौष २१ गतेमा उपभोक्ता समिति मार्फत नै योजना कार्यान्वयन गराउन मांग गरेका छन ।

एका तर्फ पारदर्शी हुनुपर्ने तर्क गर्ने र अर्को तर्फ अपारदर्शी गर्ने खेलको समर्थन गर्नाले मोर्चाको दोहरो चरित्र देखा परेका छन । संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष तथा मोर्चाका जिल्ला संयोजक रामनिवास यादव द्वारा स्थानीय विकास अधिकारी उमेश वस्नेतलाइ बुझाइएको पत्रमा टेण्डर गर्ने समय कम देखिएकोले सांसद क्षेत्र विकास कोष लगायतका योजनाहरु चारु आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत प्रक्रिया मिलाएर संचालन गर्नु पर्यो उल्लेख गरिएको छ ।
पत्रमा तराई मधेश लोकतान्त्रिक पार्टी, राष्टिूय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेशी जनाधिकार फोरम नेपाल गणतान्त्रिक र तराई मधेश सदभावना पार्टीका जिल्ला स्तरीय नेताहरुले हस्ताक्षर गरेका छन ।

स्थानीय विकास अधिकारीलाइ जानकारी गराइएका पत्रमा आगामी वर्ष देखि टेण्डर मार्फत योजना संचालन गर्नका लागि अनुरोध गरिएका छन ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...