Tuesday,December 12, 2017
  • :
  • :

समाज/गाउँघर

एमालेको जुलुसमा सरकारी कर्मचारी नै सहभागी

एमालेको जुलुसमा सरकारी कर्मचारी नै सहभागी


टुडे समाचारदाता
काठमाडौं, २३ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी ९ दलले आज विरोध सभा गरेका छन् । विरोध सभालाई सफल बनाउन विपक्षी दलका नेता तथा कार्यकर्ता त लाग्नै नै भए तर सरकारका कर्मचारीपनि त्यसमा सहभागी भए भन्दा तपाईहरुलाई अचम्म लाग्ला तर अचम्म नमान्नुहोस् ।

शुक्रबार सरकारको प्रमुख सचिवालय रहेको सिंहदरबारमा शुक्रबार विहान ११ नबज्दै मन्त्रालयहरुमा कर्मचारीहरुको व्यापक अभाव देखियो । सहसचिव र उपसचिव तहका केही कर्मचारी भए पनि अधिकृत र त्यो भन्दा तलका कर्मचारी एमालेको जुलुसमा हिँडेपछि मध्यान्ह नहुँदै मन्त्रालयहरु सुनसान बनेका थिए ।

राज्यको ढुकुटीबाट तलब खाने राष्ट्रसेवक कर्मचारी पार्टीको जुलुसमा हिँडेपछि सरकारी काम प्रभावित हुन पुगेको छ। सिंहदरबार बाहिरका कर्मचारी पनि काम छोडेर जुलुसमा हिड्दा सेवाग्राही प्रभावित हुन पुगे ।

एमालेले उसको जुलुसमा सहभागी हुन संगठनमा आवद्ध कर्मचारीलाई एक बराबर तीन जना लिएर आउन निर्देशन दिएको थियो । त्यही निर्देशनको पालना गर्दै एमालेको संगठनमा आवद्ध कर्मचारीहरुले अरु साथीलाई जुलुसमा र्पुयाएका हुन् ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...