Friday,November 24, 2017
  • :
  • :

अन्तराष्ट्रिय

दक्षिणी थाइल्याण्डमा भारी वर्षा र बाढीबाट छ को मृत्यु


एएफपी
बैकक, २३ पुस । दक्षिणी थाइल्याण्ड अबिरल वर्षा र बाढीको कारण कम्तीमा छ व्यक्तिको मृत्यु भएको समाचार छ । यस प्रकोपको कारण उडानसेवाहरुसमेत ढिला भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । 

एक हप्तायतादेखि जारी भारी वर्षा र त्यसपछि आएका बाढीका कारण दक्षिणी थाइल्याण्डको नौ वटा प्रांन्त प्रभावित भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस भारी वर्षा र बाढीको कारण छ व्यक्तिको मृत्यु हुनुको साथै कम्तीमा एक लाख २० हजार घरपरिवार प्रभावित भएको  जारी विज्ञप्तिमा जनाइएको छ । दक्षिण थाइल्यान्डको समुइमा रहेका एक पाहुना (गेस्ट हाउस)का मालिकले कैयाँै द्विप इलाका प्रभावित हुृने गरी आएको यो एक दशकभन्दा बढी समययताको भारी वर्षा र बाढी भएको जानकारी दिएका छन् ।

करिब १२ वर्षअघिदेखि आफू सो इालाकामा बस्दै आएको र यस प्रकारको प्रकोप नदेखेको उनले जानकारी दिएका छन् । जारी यस प्रकोपको कारण भएका उडान सेवा रद्दका कारण आफ्ना पाहुना घर भरिएको पनि उनले बताएका छन् ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...