Friday,October 20, 2017
  • :
  • :

स्थानीय

घाइते बालकको उपचारका क्रममा मृत्यु


रासस
लहान, २३ पुस । सिरहाको गोलबजार नगरपालिका–३ स्थित भित्री सडकखण्डमा टू्याक्टरको ठक्करबाट गम्भीर घाइते एक बालकको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । स १ त ३१८७ नं को  टू्याक्टरको ठक्करबाट सिरहाको गोलबजार नगरपलिका–३ निवासी १४ वर्षीय दीपक पासवानको मृत्यु भएको हो ।

बाटो क्रस गर्ने क्रममा गएराति टू्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका पासवानको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

टू्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । यस्तै हिजो साँझ रुख काट्ने क्रममा रुखबाट लडेर सिरहाको चतरी(९ निवासी ५० वर्षीय मोतीलाल मुखियाको मृत्यु भएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...