Friday,October 20, 2017
  • :
  • :

स्थानीय

रौतहटको सामुदायिक तथा संस्थागत विद्यालय बन्द


राकेश यादव
रौतहट, २३ पुस । रौतहट जिल्लामा सञ्चालन रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु एक हप्ताको लागि बन्द गरिएको छ ।
विगत केहि दिन देखि अचानक मौसममा परिवर्तन हुदै बढेको चिसोको कारण विद्यालयहरु बन्द गरिएको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ । पौष २४ गते आइतवार देखि २९ गते शुक्रवार सम्म वर्षे विदावाट कट्टा हुने गरी जाडो विदा दिइएको जिल्ला शिक्षा अधिकारी रामविनय कुमार सिंह प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका हून ।
बाक्लो हुस्सूका कारण विद्यार्थीहरुलाई विद्यालयमा अध्यन गर्न आउने समस्या भएकोले विद्दा दिइएको वहाको भनाइ रहेको छ ।
 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...