Tuesday,December 12, 2017
  • :
  • :

स्थानीय

सप्तरीको तिलाठीमा आगलागी हुँदा ७ लाखको क्षति !

सप्तरीको तिलाठीमा आगलागी हुँदा ७ लाखको क्षति !


टुडे समाचारदाता
राजविराज, २३ पुस । सप्तरीको तिलाठी गाबिस–९ स्थित एक घरमा शुक्रबार बिहान आगलागी हुदा करिब ७ लाखको क्षति भएको छ ।
विद्युत सर्ट भइ अचानक लागेको आगोले स्थानीय मोहमद अबदुल मियाको घर, ग्वाली तथा भान्सा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने घर भित्र भएको लताकपडा, धान, गहु, अन्नपात, सुनचांदी र अन्य सामान समेत जलेर अन्दाजी मुल्य ७ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी अब्दुलले आफनो छोरालाई पढाउनका लागि घरमा राखिएको १ लाख ६५ हजार नगद समेत जलेर नष्ट भएको पिडितले बताएका छन । यता आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजविराजबाट गएको बारुण यन्त्र र स्थानीयबासीहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

यसैबिच अग्निपिडित परिवारलाई सदभावना पार्टीका क्षेत्रिय सभापति लक्ष्मण यादवद्धारा शुक्रबारै राहत प्रदान गरेको छ । अग्निपिडित परिवारलाई २ थान कम्बल, २ थान त्रिपाल, र एक बोरा मुरिही ( भुजा ) सहितका समानहरु प्रदान गरेको हो ।

सो समारोहमा प्रहरी चौकी तिलाठीका असय रामकुमार यादव, स्थानीय समाजसेवि मन्सुर मुखिया, पार्टीका क्षेत्रिय इन्चार्ज शिबनाथ यादव, सन्जय यादव, बिजय यादव, सुशील यादव, बालेशवर यादव, फारुक खान, सफिद मिया, दिनेश यादव, मोहम्मद जलिल, मो. धलाइ, मो. नसेबुल, धिरेन्द्र यादव, मो. दाबुद, रघुनाथ यादव, रामकुमार यादव, अमरेन्द्र दास, अन्जनिलाल दास, सुर्यनारायण यादव लगायतको उपस्थितिमा राहत वितरण गरेको थियो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...