Friday,October 20, 2017
  • :
  • :

स्थानीय

मिथिला नगरपालिकाको नगर परिष्द सम्पन्न, "मिथिला" उपर जोड


टुडे समाचारदाता
जनकपुरधाम, २३ पुस । धनुषाको मिथिला नगरपालिका ढल्केबरको नगर परिषद् शुक्रबार  सम्पन्न भएको छ ।
नगरपालिका कार्यालयका प्रमुख तथा कार्यकारी अधिकृत उदय प्रसाद देवकोटको अध्यक्षता एवम् धनुषा क्षेत्र नं. ६ का एमाले सांसद शत्रुधन महतोको प्रमुख आतिथ्यमा सम्पन्न नगर परिष्दमा नगरपालिकाको गत र चालु आर्थिक बर्षको आय व्यय सार्वजनकि गर्दै आगामी कार्ययोजना समेत सार्वजनकि गरिएको हो ।

नगर परिषद्मा अधिकृत देवकोटाले अतिथिहरुलाई स्वागत गर्दै गत आर्थिक बर्षको विभिन्न शिर्षकमा ७ करोड ८५ लाख ४ हजार १ सय ६८ रुपैयां आम्दानी तथा ६ करोड ४५ लाख ७ हजार ५ सय ८५ रुपैयां खर्च भएको वार्षिक प्रतिवेदनमा उल्लेख रहेको जनाए ।
यस्तै चालु आर्थिक बर्ष २०७३/७४ को लागि ७ करोड १९ लाख ४६ हजार ८ सय रुपैयांको प्रस्तावित बजेट अनुमान गरिएको हो भने संशोधित अनुमान ११ करोड २९ लाख ८८ हजार रुपैयां बजेट गरिएको हो ।
परिषद्मा आगामी आर्थिक बर्ष २०७४/७५ को लागि ११ करोड १५ लाख ११ हजार रुपैयां बजेट रकम प्रस्तावित गरिएको जनाइएको हो ।

नगर परिषद्मा अतिथिको आसनबाट बोल्दै धनुषा जिल्लाका स्थानीय विकास अधिकारी सन्त बहादुर अधिकारीले नगरपालिकाको नाम मिथिला नगरपालिका राखे जस्तै मिथिलाको संस्कृति र धरोहर विकास एवम् सम्बद्र्धन  प्रर्बद्धनका लागि अग्रसर हुनुपर्ने बताए । मिथिलाको संस्कृति जस्तै महान कार्य गरी संस्कृतिलाई जोगाउंदै नगरपालिकाले स्थानीय जनतालाई विकासको अनुभूति दिनुपर्ने उनले थपे ।

परिषद्मा उपस्थित अन्य सरकारी निकायका प्रतिनीधिहरुले समेत मिथिलाको नाम जोगाउन, संस्कृति जोगाउनका लागि नगरपालिकाले आफनो तर्फबाट विकासको लागि सधै अग्रसर निस्वार्थ रुपमा हुनुपर्ने बताएका छन् ।

सो समारोहमा खानेपानी तथा सरसफाई डिविजन कार्यालयका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनीधि, पत्रकार, युवा, महिला, विद्यार्थी लगायत अधिकारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...