Tuesday,December 12, 2017
  • :
  • :

स्थानीय

मृत्यूको मुखबाट बचे “दास”,सिके राउतका कार्यकर्ताले गरे उद्धार !

मृत्यूको मुखबाट बचे “दास”,सिके राउतका कार्यकर्ताले गरे उद्धार !


टुडे समाचारदाता
जनकपुधाम, २३ पुस । विगत ९ महिनादेखि जनकपुर अञ्चल अस्पतालमा उपचाररत बीरेन्द्र दास मृत्यूको मुखबाट बच्न सफल भएको छ । सवारी दुर्घटनाको क्रममा खुट्टा भांचिएको दासको विगत ९ महिनादेखि जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेको क्रममा विहिबार शल्यक्रिया (अप्रेशन) गर्दा रगतको अभावमा बेहोस भएको थियो ।

खुट्टामा स्टील लगाएको भएपनि स्टील पनि भांचिएको अवस्थामा पुनः स्टील लगाउनुपर्ने हुंदा अप्रेशनको क्रममा अत्यधिक रगत बगेर रगतको अभाव भएको थियो ।
अस्पतालमा रगत अभाव हुंदा डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ताहरुकै रोहबरमा तत्कालै अस्पताल परिसरभित्रै रहेको नेपाल रेडक्रस सोसाईटीबाट ३ पोका रगतको व्यवस्था गरेको थियो ।

दासको उपचारमा संलग्न अस्पतालका चिकित्सकले तत्कालै रगतको व्यवस्था नभए विरामीको ज्यान जान सक्ने अवस्था भएको भनेपछि उनीहरुले तत्कालै रगतको व्यवस्था गरेर दासलाई जीवनदान दिएको हो । गठबन्धनका शिवेन्द्र रोहिता र मनोज मोरबैताले दासको अवस्थाको बारेमा खवरपाएपछि तत्काल रगतको व्यवस्था गरेको जनाइएको छ ।

उनीहरुले भने (“ ९ महिनादेखि उपचार गराइरहको छ, लगाइएको स्टील समेत भांचिएको थियो, हेरचाह गर्ने पनि कोही थिएन, औषधी समेत ल्याउनेवाला कोही थिएन, त्यस्तोमा आफूहरु पुगेर सहयोग गर्ने गरेका छौ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...