Tuesday,December 12, 2017
  • :
  • :

समाज/गाउँघर

दुई गाविसका दुई सय २५ जनालाई कम्बल वितरण

दुई गाविसका दुई सय २५ जनालाई कम्बल वितरण


टुडे समाचारदाता
राजविराज, २२ पुस । सप्तरी सहित तराईका जिल्लाहरुमा विगत लामो समयदेखि बढेको शितलहर र चिसोबाट जोगिनको लागि कोरियामा रहेका नेपालीद्वारा सप्तरीका दुई गाविसका विपन्न तथा गरिबहरुलाई बुधबार कम्बल वितरण गरेको छ ।

    नेपाल पिछडा वर्ग महासंघको समन्वयमा जिल्लाको अर्नाहा र वनौला गाविसका २२५ विपन्न तथा गरिवलाई कम्बल वितरण गरेको हो । अर्नाहा गाविस कुशहा स्थित राजोवति माध्यमिक विद्यालयमा आयोजित कम्बल वितरण समारोहमा पिपछडा वर्ग महासंघका केन्द्रिय प्रवक्ता उपेन्द्र साह, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका निवर्तमान अध्यक्ष धीरेन्द्रप्रसाद साह, कोरियामा बसोबास गर्दै आउनु भएका सप्तरीको रुपनगर निवासी रिनोज श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लक्ष्मी साह, रुपकान्त चौधरी, सदस्य तेजनारायण साह, मदर्साका मो. रहमान, पत्थरगाडाका प्रहरी नायव निरीक्षक दिलिप दास लगायतले कम्बल वितरण गर्नुभएको थियो ।

    अनार्हा गाविस वार्ड नं. ७ का बलराम साद, मगेलाल सदा, फगुनी देवी सदा, सैनी सदा, सतो देवी सदा, उमा देवी सदा, मुर्ति देवी पंडित, छेदी चौधरी, वार्ड नं. ८ का शिव नारायण सरदार, वार्ड नं. ९ का मो. लोकमान सहित ४५ जनालाई कम्बल वितरण गरिएको छ ।

    यस्तै अछिन्द्र सदा, दिनेश सदा, बहादुर सदा, घनसी सदा, रुदल सदा, देवकी सदा, रामवति सदा, कोशिला सदा, शिवजी सदा, इनर देवी सदा, प्रसादी सदा, बबिता चौधरी, शशीकला चौधरी, मुसहरु सरदार, अमिरका देवी सदा, विरेन्द्र सरदार, नथुनी साह, जोगेन्द्र साह, मैनी सदा, रमेश सदा, बचाई सदा, उदय कान्त साह, सन्ती लाल सदा, सुरुज राउत, विशेश्वर साह, रिता देवी सरदार, ननोवति सरदार, भालु सदा, मनिल ठाकुर, रेश्मी देवी सरदारलाई कम्बल वितरण गरिएको छ ।
    यस्तै बनौली गाविस स्थित हिरा फेकनी माविमा आयोजित वितरण समारोहमा महासंघका प्रवक्ता साह सहित रिनोज श्रेष्ठ, गाविसका निवर्तमान अध्यक्ष कुँजी लाल चौधरी, विद्यालयका प्र्रधानाध्यापक सुरेश प्रसाद यादव, नेपाल सदभावना पार्टीका गाउँ कमिटि अध्यक्ष लखेन्द्र पैकरा, जिल्ला सदस्य मो. अफताउल्लाह, प्रहरी नायव निरीक्षक दिपेन्द्र बहादुर बस्नेत लगायतले पलट माझी, लखीचन यादव, बाबुजी राम, हरेराम राम, गुणानन्द झा, अनमोल मिश्र, हिरालाल माझी, बबिता देवी मण्डल लगायत दुई सय २५ जनालाई कम्बल वितरण गरिएको छ ।


आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...