Tuesday,January 23, 2018
  • :
  • :

खेलकुद

धनगढी प्रिमियर लीग खेल्ने टोलीको घोषणा


टुडे समाचारदाता
काठमाण्डौ, २२ पुस । सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिगको चौथो संस्करणमा सहभागी हुने ६ टिम र कप्तान घोषणा गरिएको छ ।
प्रतियोगितामा सहभागिता जनाउने ६ टिमको नाम देशभरिका विभिन्न शहरको नामबाट राखिएको छ ।

राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्काले टिम चौराहाको कप्तानी सम्हाल्नेछन् । उपकप्तान ज्ञानेन्द्र मल्लले सीवाईसी अत्तरियाको कप्तानी सम्हाल्नेछन । त्यस्तै विराटनगर टिमको कप्तानी शरद भष्वाकर, काठमाडौं गोल्डेन्स बसन्त रेग्मी, कन्चनपुर आईकोनिक बिनोद भन्डारी र रूपन्देही च्यालेन्जर्सको कप्तानी शक्ति गौचनले सम्हाल्नेछन् । चौथो संस्करण आगमी चैत ५ गतेबाट सुरू हुँदैछ ।

प्रत्येक टिमका कप्तानले १ लाख ५० हजार पारिश्रामिक पाउनेछन् । टी–ट्वान्टी फरम्याटमा हुने लिगको बिजेताले ट्रफी तथा १५ लाख नगद पाउनेछ । त्यस्तै उपविजेताले भने ७ लाख पाउनेछ ।

प्रतियोगितामा हरेक टिमले लिग चरणमा एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्लेअफको लागि छानिनेछ । प्लेअफमा पहिलो हुने टिम फाइनल प्रवेश गर्नेछ । उसले तेस्रो र चौथो टिमबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । प्रतियोगिता अञ्चल प्रहरी मैदानमा हुनेछ भने फाप्ला मैदानलाई पनि वैकल्पिक मैदानको रुपमा राखिएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...