Saturday,April 21, 2018
  • :
  • :

खेलकुद

भेट्रान फुटबल भोलीदेखि


टुडे समाचारदाता
काठमाण्डौ, २२ पुस । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नक आउट फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुदैछ ।

एकेडेमीको आठौं स्थापना दिवसको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा मोफसलका ३ सहित ८ टिमले प्रतिस्पर्धा गर्ने एकेडेमीका केन्द्रीय अध्यक्ष एवं सांसद् विनोद श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिताको उद्घाटन दिन १० देखि १६ वर्ष उमेरसमूहका लागि फुटबल प्रशिक्षण तथा मदन स्मृति रंगशालाको पनि उद्घाटन गरिने जानकारी दिइयो ।

मोफसलबाट साइनिङ सन फुटबल एकेडेमी, कैलाली, चितवन एफसी र वीरगन्ज युथ एले भाग लिनेछन् । उपत्यकाका सहभागी टिमहरुमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी, एस नाइट किङ क्लब, चन्द्रागिरी क्लब, ४० प्लस फाउन्डेसन तथा क्लब मोसेस रहेका छन् । उपत्यका बाहिरका टिमलाई आयोजकले खाना र वसोवासको व्यवस्था गर्नेछ ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु चन्द्रागिरी नगरपालिकाको ठूलो ढुंगामा हुनेछ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...