Tuesday,December 12, 2017
  • :
  • :

स्थानीय

एडिबीको कार्यमा सुधार गर्न ७२ घण्टे अल्टिमेटम


टुडे समाचारदाता
जनकपुरधाम, २२ पुस । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा जनकपुरमा संचालित सडक तथा ढल विकासको कार्यमा सुधार गर्न विभिन्न संघसंस्थामा आवद्ध युवाहरुले ७२ घण्टे अल्टिमेटम दिएको छ ।

सडक तथा नाला विस्तारको कार्य गुणस्तहिन भईरहेको प्रति बारम्वार मौखिक तथा लिखित रुपमा जानकारी गराएपनि एडिबी आयोजना प्रमुखले ध्यान नदिएको भन्दै जनकपुर उद्योग वाणिज्य संघ लगायत विभिन्न संघसंस्थामा आवद्ध युवाहरुले आन्दोलन गर्ने निर्णय गरेको छ ।

आयोजना प्रमुखले सडक तथा नाला विस्तारको कार्यमा सुधार गर्ने भनी लिखित प्रतिवद्धता जाहेर गरेपनि व्यवहार नदेखिएको भन्दै युवाहरुको विहिवार बसेको संयुक्त बैठकले आयोजना प्रमुखको कार्यकक्षमा तालबन्दी गरेर आन्दोलन चर्काउने निर्णय गरेको संयुक्त रुपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव शंकर साह, समाजवादी विद्याथी संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र झा, युवा अभियन्ता सुदर्शन सिंह, समाजवादी युवा लिगका केन्द्रिय उपाध्यक्ष भवेश मिश्र, नेपाल सदभावना पार्टीका रुपेश कुमार सिंह, तमलोपका युवा नेता उमेश मंडल, समाजवादी विद्यार्थी संघका केन्द्रिय सदस्य अशोक यादव, तराई मधेश विद्यार्थी फ्रन्टका केन्द्रय उपाध्यक्ष रविशंकर कर्ण लगायतको उपस्थिति थियो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...