Friday,October 20, 2017
  • :
  • :

स्थानीय

मन्दिर र मुसहर समुदायबीच जग्गा विवाद

मन्दिर र मुसहर समुदायबीच जग्गा विवाद


टुडे समाचारदाता
जनकपुरधाम, २२ पुस । जानकी मन्दिरका व्यवस्थापक र मुसहर समुदायबीच जग्गा विवाद भएको छ ।  जनकपुर अञ्चल अस्पताल अगाडी रहेको जग्गामा जानकी मन्दिर व्यवस्थापकले कब्जा गरेको आरोप मुहसर समुदायले लगाएको छ ।

मुसहर समुदायको कुल देवता दिनाभद्रीको नाममा रहेको ८ धुर १ कन्मा जग्गामा मन्दिर व्यवस्थापकले कब्जा गरी बसेको आरोप उनीहरुको छ । यता, मन्दिरका महन्थ राम तपेश्वर दासले सर्वाेच्च अदालतबाट उक्त जग्गा जानकी मन्दिरको नाममा निर्णय भएको दाबी गर्दै अहिले जग्ग्ाँ जानकी मन्दिरकै नाममा रहेको थपे ।

विहिबार आफूहरुको कुल देवता दिनाभद्रीको नाउमा रहेको उक्त जग्गामा कब्जा गरिएको भन्दै त्यसको विरोधमा जुलुस प्रदर्शन समेत गरिएको हो । उक्त जग्गामा अहिले निर्माण गरिएको सटरमा दुईवटा होटल र एउटा मेडिकल ल्याब रहेको छ ।

विरोध जुलुस प्रर्दशनको क्रममा त्यसमा संचालन गरिएको होटल व्यावसायीलाई होटल खाली गराउन भनेपछि प्रर्दशनकारी मुसहर समुदाय र होटल संचालकबीच समेत केही बेर विवाद भएको थियो ।

होटल संचालकले मुसहर समुदायका प्रर्दशनकारीहरुले आफूलाई होटल खाली गर्न भनेपछि आफू भाडामा भएको भनेपछि जबर्दस्ती होटलका समानहरु फालेको आरोप लगाए ।

यता, आफूहरुको कुलदेवता दिनानाथभद्रीको नाममा उक्त जग्गा रहेको छ, होटल व्यवसायीलाई होटल बन्द गर्न भनेपछि हुल हुंदा केही समानहरु छयासमिस भएको मुसहर समुदायले स्वीकार गरे ।विरोध जुलुस जनकपुरको जनकचोकमा कोणसभामा परिणत हुंदै राष्ट्रिय मुसहर उत्थान समाजका अध्यक्ष एवम् अगुवा चन्देश्वर सदाले अहिले पनि मुसहर समुदायमाथि अत्याचार भएको बताए ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...