Friday,October 20, 2017
  • :
  • :

स्थानीय

खुल्लेआम अवैध मदिरा विक्रि


टुडे समाचारदाता
राजविराज, २२ पुस । सप्तरीको सदरमुकाम राजविराज सहित जिल्लाको अन्य ग्रामिण भेगहरुमा किराना पसलदेखि लिएर औषधि पसल सम्ममा बिना अनुमतिकै अवैध मदिरा विक्रि वितरण भईरहेका छन ।

धुम्रपान ,दारु ,वियर स्वास्थ्यको लागि हानी कारक हुने गरेपनि अहिलेका करिब ९० प्रतिशत ब्यक्तिहरु बेलुका भएपछि दारु ,बियर र अन्य नशालु पदार्थहरुको सेवन गर्दै आएका छन । तर सरकारलाई पनि सबैभन्दा बढी राजस्व असुली मदिराबाट नै आउने गरेकाले सरकारी स्तरबाट पनि त्यसलाई बन्द गर्नेतर्फ ध्यान जान सकेको छैन ।

जसको कारणले अहिले सप्तरीको सदरमुकाम राजविराज सहित जिल्लाको अन्य ग्रामिण भेगका चौकदेखि पान पसल ,किराना पसल तथा औषधि पसलहरुमा समेत बिना अनुमतिकै अवैध मदिराहरु खुल्लेआम विक्रि वितरण भईरहेका छन ।

भनिन्छ ,सुर्य अस्त नेपाल मस्त ठिक यस्तै अहिले सप्तरीको सदरमुकाम राजविराज सहित जिल्लाको अन्य ग्रामिण भेगहरुमा बेलुका भएपछि यहँका मदिरा पसलहरुमा मदिरा सेवन गर्नेहरुको संख्यामा निकै भिड लाग्ने गरेको हुन्छ ।

मदिरा सेवन गरीएकै कारण अहिले जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा महिलामाथि उनका आफनै श्रीमानद्धारा श्रीमतिमाथि कुटपिट तथा महिला हिंसाका घटनाहरु हुने गरेका छन । नगरपालिकामा मात्र अनुमति लिएर मदिरा विक्रि वितरण गर्नेभन्दा बढी बिना अनुमतिकै अवैध मदिरा विक्रि वितरण गर्नेहरुको संख्यामा निकै बृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्नेतर्फ स्थानीय प्रहरी प्रशसन तथा सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

तसर्थ छिमेकी भारतको बिहारमै जस्तै मदिरा विक्रि वितरण तथा सेवनमा रोक लगाएका छन, ठिक यस्तै अब नेपालमा पनि अवैध मदिरा वित्रmि वितरण गर्नेदेखि लिएर मदिरा सेवनकर्ताहरुको संख्यामा कमि ल्याउनका लागि मसयमै स्थानीय प्रहरी प्रशासन तथा सम्बन्धित निकायको ध्यान जानुपर्ने जरुरी रहेको देखिन्छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...