Tuesday,December 12, 2017
  • :
  • :

स्थानीय

छुट्टाछुट्टै दुर्घटनामा एक बालकसहित दुईको मृत्यु


टुडे समाचारदाता
जनकपुरधाम, २२ पुस ।  महोत्तरी र सप्तरी जिल्लामा भएको सडक दुर्घटनामा बिहीबार एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

महोत्तरी जिल्लाको जलेश्वर बर्दिबास सडक खण्डमा बुधबार साँझ बसबाट खसेर सोनामाई–७ बस्ने ३० वर्षीय शिवनारायण चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार सांझ  जलेश्वरबाट बर्दिवास जादै गरेको ज१ख ७७४ नंको यात्रु बसबाट कोल्हुवा बगेवा–९ स्थित बथनाहा गाउमा बसको ढोकाबाट खस्दा चौधरी घाइते भएर उनको बायँ खुट्टा भाचिएको र टाउकामा गम्भीर चोटपटक लागेको छ ।

गम्भीर घाइते यादवलाई  जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि बेलुका ६÷७ बजेतिर अञ्चल अस्पताल जनकपुरमा लैजाँदै गर्दा उनको बाटामै मृत्यु भएको प्रहरी निरीक्षक रवीन्द्र खनालले बताउनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । दुर्घटनाग्रस्त बस प्रहरीको नियन्त्रणमा छ । 

बसका चालक दुर्घटना भएलगत्तै फरार भएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो । 
यस्तै, पूर्वबाट पश्चिमतर्फ जांदै गरेको ना२ख ६१८० नंको मालबाहक ट्रकको ठक्करबाट बिहीबार दिउँसो खोजपुर गाविसको खर्चैया चोकमा एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...