Friday,October 20, 2017
  • :
  • :

सम्पादकीय

एजेण्डा लिएर मधेश जाउ


तराई मधेशको मागलाई संसदबाटै संबोधन गराउन हरसंभव प्रयास गरिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई तीन प्रमुख दलले धोका दिइरहेकाछन ।मोर्चाका नेताहरुसित एउटा सहमति गर्ने र तीन दलमा त्यसको विपरित सहमति गर्ने ठूला दलका नेताहरुको कारण सहमति हुन सकिरहेको छैन ।मधेशी मोर्चाका नेताहरु लोकतान्त्रिक पद्धतीमा मान्य हुने संसद र सडक दुबैबाट माग सम्बोधन गराउन दबाब दिनु आवश्यक छ ।

मोर्चाले सडकमा उत्रन सक्ने संकेत दिइसकेकोछ ।तरपनि तीन दलका नेताहरुले मागलाई सम्बोधनगर्न इमान्दारी प्रयास नगरे एजेण्डा लिएर मधेश झर्नु उपयुक्त हुनेछ ।मधेशी दलहरुका लागि मधेशको एजेण्डा लिएर तराईमा झर्नुको बिकल्प छैन ।

मधेशी जनतासित ठूला दलका नेताहरुले कुन–कुन विषयमा पूर्बाग्रही भएर माग सम्बोधन गर्न नचाहेको यथार्थहरु जनतामाझ राख्नुपर्छ ।तर मोर्चाका नेताहरु अब फुटेर होइन ।जुटेर मधेशका जनताहरुलाई समयमै सचेत गराउन सके तीन दलका नेताहरु माग पुरा गर्न बाध्य हुनेछ ।देसको आधी जनसंख्यालाई उपेक्षागरि सत्ताशासन कुनै दलले चलाउन सक्दैन ।मधेशी दलको सहमति बिना चुनाव गराउन संभव छैन ।

कुनै बेला तत्कालिन राजा ज्ञानेन्द्रले पनि स्थानीय निकायको चुनाव गराएका थिए ।त्यो भन्दा फरक चुनाव सरकारले गराउन सक्दैन ।त्यसकारण मधेशी मोर्चाहरुले संसदमा दबाब दिने कार्यलाई निरन्तरतादिदै शिर्ष नेताहरु अब मधेशी जनता माझ एजेण्डा राख्नुपर्छ ।मधेशी जनतालाई सचेत गराउनु आवश्यक छ ।नेताहरु अलमलमा अब पर्नु हु“दैन । मधेशको हितमा नेताहरु अगाडी बढनैपर्छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...