Friday,October 20, 2017
  • :
  • :

राष्ट्रिय

संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन


रासस
वालिङ, २० पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउनुभएको छ ।

स्याङ्जाको भौतिक विकास निर्माणका विषयमा सदरमुकाम मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा उहाले भन्नुभयो –संविधान निर्माणका क्रममा जसरी दलहरु एकै ठाउँमा उभिएका थिए त्यसैगरी यसको कार्यान्वयनका लागि पनि सबै दल एकै ठाउमा उभिनुपर्दछ ।

मन्त्री लेखकले देशलाई असफल राष्ट्र हुनबाट बचाउनका लागि पनि दलहरुले छिटोभन्दा छिटो निर्वाचनको मिति तय गरी तीनवटै तहको निर्वाचन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

“पर्यटकीय सहर पोखरा र व्यापारिक केन्द्र भैरहवालाई जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नु आवश्यक छ, उहँले भन्नुभयो, दुई लेनको सडकलाई विस्तार गरी अब चार लेनको बनाउनेमा सरकार अगाडि बढ्दैछ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...