Friday,November 24, 2017
  • :
  • :

अन्तराष्ट्रिय

भेनेजुएलामा हेलिकोप्टर दुर्घटनामा १३ बेपत्ता


एएफपी
कराकस, २० पुस । भेनेजुएलाको एमाजोनास् राज्यको पुएर्टो एयाकुचो र ला इस्मेराल्डाबीच उडिरहेको एक सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० मा दुर्घटनाग्रस्त भएको स्थानीय सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् ।

युनियन रेडियो नामक स्थानीय सञ्चार माध्यमका वरिष्ठ अधिकारी लिबोरिओ गुआरुल्लासँग लिएको एक टेलिफोन अन्तर्वार्तामा उडीरहेकै अवस्थामा हेलिकप्टर खसेको बताउनुभएको छ ।

हेलिकोप्टरमा दुर्घटना भएको पुष्टि भएतापनि यसमा सवार रहेका आठ जना सुरक्षाकर्मी, पाँच  सर्वसाधारणसहित १३ जनाको अवस्था अज्ञात भएको जनाइएको छ । दुर्घटना हुनेवित्तकै स्थानीय समुदायको सहभागीतामा खोजीकार्य सुरु गरिएको थियो । 

गुआरुल्लाका अनुसार विमान केकसरी दुर्घटना भयो भन्ने बारेमा विस्तृत विवरण थाहा नभएको तर उडिरहेको विमान खसेकोसम्म पुष्टि भएको बताउनुभएको छ ।
उहाले आफुहरु आधिकारीक जानकारीको प्रतिक्षामा रहेकोसमेत बताउनुभएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...