Friday,November 24, 2017
  • :
  • :

अन्तराष्ट्रिय

सिरिया शान्ति वार्तामा सामेल नहुने


एजेन्सी
जनकपुरधाम, २० पुस । सिरियाका केही विद्रोही संगठन रुस र टर्की सरकारको पहलमा हुन लागेको शान्ती वार्तामा सामेल नहुने भएका छन् ।
चार दिन अघि भएको संघर्ष विरामको सिरिया सरकारले उल्लंघन गरेको भन्दै शान्तीवार्तामा विद्रोही समुहले सहभागिता नजनाउने घम्की दिएका हुन् ।
यसै महिना काजकिस्तानको अस्तानामा सिरियाली शान्तीवार्ताको तयारीका लागि बैठक बस्दै छ ।
विद्रोहीले जारी संघर्षविरामको पालना गरेको तर सरकारले विभिन्न इलाका कब्जा गर्ने कोसिस गरिरहेको विद्रोहीको आरोप रहेको छ ।
नया वर्षको सुरुवातसगै रुस र टर्कीको पहलमा सिरियाली संघर्षको अन्तय गरी शान्ती वार्ताका लागि चालेको कदमको संयुक्तराष्ट्र संघले पनि स्वागत गरेको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...