Saturday,April 21, 2018
  • :
  • :

समाज/गाउँघर

पर्साका एचएहरु धर्नामा


टुडे समाचारदाता
वीरगंज, २० पुस । जिल्ला जनस्वाथ्य कार्यालय पर्साले स्वास्थ्य चौकीको ईन्र्चाज सम्बन्धि बिवाद समाधान नगरेको भन्दै पर्सा जिल्लाका सम्पुर्ण हेल्थ असिष्टेन्टहरु मंगलबार तेस्रो दिन पनि धारणामा बसेका छन् ।

आन्दोलन समितीका संयोजक धर्मेन्द्र राय यादवको नेतृत्वमा पुस १७ गते देखि चरणवद्ध आन्दोलनमा रहेका स्वाथ्यकर्मीहरुले जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले आफुहरुको मँगलाई वेवास्ता गरेको आरोप लगाए ।

 अख्तियार दुरुपयोग अनुसन्धान, नेपाल सरकारको तेरिज, मधयमाञ्चल क्षेत्रिय निर्देशनालय हेटौडा, पुनरावेदन अदालत कास्की, जिल्ला जनस्वास्थ्य कार्यालय सिरहा, महेन्द्र नगर लगायतका जिल्लाहरुले  सम्पुर्ण हेल्थ असिष्टेन्टहरु नै ईन्र्चाज हुने भनेर निर्णय गर्दा समेत जिल्ला जन स्वास्थ्य कार्यालय पर्साले सो निर्णय नमानेको हेल्थ असिष्टेन्ट संघका पर्सा का अध्यक्ष रबिन्द्र साहले बताए ।

साहले नेपाल सरकारको २०७१ पुस २४ गते को निर्णय बमोजिम पारित भएको संगठनात्मक सरंचना र दरवन्दी तेरिजमा साथै स्वास्थ चौकीहरुको प्रमुखमा हे .अ (तह ५,६ र ७) कायम गरेको भएपनि सि.अ.हे.ब छैटोको दवाबमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले नेपाल सरकारको निर्णयलाई समेत न मानेको आरोप लगाए । 

हेल्थ असिष्टेन्ट संघ पर्सा नेपालले पुस १७ गते पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो भने  पुस १७,१८ र १९ गते कार्यालयमा धारणा दिने तथा पुस २० गते देखि अनिश्चितकालिन तालाबन्दी गर्ने निर्णय गरेको आन्दोलन समितीका संयोजक धर्मेन्द्रराय यादवले बताए ।

धारणा कार्यक्रममा हेल्थ असिष्टेन्ट नेपालका केन्द्रिय सदस्य अनिल कुमार यादव, हेल्थ असिष्टेन्ट पर्साका उपाध्यक्ष सुनिल कुर्मी,  सचिव राजु साह,  सदस्यहरु शिवनारायण मण्डल,संजय यादव, विनु श्रेष्ठ, अपसरा देवकोटा, संजीता ढकाल, बबिता साह, भगवती भट्ट, सर्मीला मल्ल लगायत ६० जना भन्दा बढी हेल्थ असिष्टेन्टहरुको उपस्थिती रहेको थियो । 

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका  प्रमुख आनन्दोलनको कारण कार्यालय आउन छोडेको र निमित प्रमुख आन्दोलनबारे बोल्न नमानेको आन्दोलनमा सहभागि केन्द्रिय सदस्य अनिल कुमार यादवले आरोप लगाए । यादवले भोली १० बजे जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा तालाबन्दी गर्ने बताए ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...