Friday,October 20, 2017
  • :
  • :

व्यापार

सिरहा नगरपालिकाको बजेट २५ करोड


टुडे समाचारदाता
लहान, २० पुस । सिरहा नगरपालिकाले १८ औ नगर परिषद्बाट आर्थिक वर्ष २०७४÷०७५ का लागि २५ करोड भन्दा बढीको अनुमानित आय–व्यय प्रस्ताव गरेका छन् ।
नगरपरिषद्मा नीति, कार्यक्रम बजेट तथा योजना सार्वजनिकीकरण कार्यक्रम मार्फत आर्थिक वर्ष २०७४÷०७५ को लागि २५ करोड ५० लाख ५८ हजारको अनुमानित आय–व्यय प्रस्तावित गरिएको छ ।

सो अनुसार चालु तर्फ २ करोड ८३ लाख ४४ हजार पुजीगत तर्फ ७ करोड ६७ लाख १४ हजार र समाजिक सुरक्षातर्फ १५ करोडको आय–व्यय प्रस्ताव गरेका छन् ।
आर्थिक वर्ष ०७३/०७४ को मंसिर महिना सम्मको आय ६ करोड १८ लाख ९ हजार ३ सय ७४ रुपैया ९५ पैसा र व्यय तर्फ ५ करोड ६९ लाख ५९ हजार ९ सय २० रुपैया ५० पैसा संसोधित आय–व्यय सार्वजानिक गरेका छन् ।

 यस्तै आर्थिक वर्ष ०७२/०७३ मा आय तर्फ नगरपालिकालाई ११ करोड ७६ लाख ७७ हजार ८ सय ८० रुपैया र व्यय तर्फ १० करोड ५२ लाख ५ हजार ७० रुपैया भएको सार्वजानिक गरेका छन् ।
नगरपालिकाले वातावरण र जलवायु परिवर्तनका लागि जनसहभागितामा आधारित सडक पेटीमा वृक्षारोपन गर्ने र आर्थिक तथा राजस्व परिचालनका लागि एकिकृत सम्पति कर लागु गर्ने लगायतका नीति सार्वजानिक गरेका हुन् ।

नगर परिषद्को उद्धघाटन कार्यक्रममा बोल्दै नेकपा एमालेका साँसद आशादेवी यादवले विकासको लागि राजनितिक दल मिल्नुको विकल्प नभएको बताईन ।
 विकास र बदलाबको लागि राजनीति दल एउटै टेबलमा बसेर छलफल गरि कार्यान्वयनमा जोड दिनुपर्ने साँसद यादवको भनाई       थियो ।

    उक्त नगरपालिकाको कार्यकारी अधिकृत इन्द्रदेव यादवको अध्यक्षतामा भएको परिषद्मा सासंद यादव, नेकपा एमाले अध्यक्ष प्रमोद यादव, कँग्रेस सचिव उपेन्द्र यादव, प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ, शिक्षा अधिकारी अरविन्दलाल कर्ण, स्थानीय विकास अधिकारी सुरेश राउत, जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिको सरसफाई दुत धिरेन्द्र साह लगायत अन्य अतिथिहरुको सहभागीता रहेको थियो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...