Saturday,April 21, 2018
  • :
  • :

खेलकुद

अष्ट्रेलियाको उत्कृष्ट प्रदर्शन

अष्ट्रेलियाको उत्कृष्ट प्रदर्शन


एजेन्सी
जनकपुरधाम, २० पुस । पाकिस्तान विरुद्धको तेस्रो टेष्टको पहिलो दिन अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गरेको छ । सिड्नीमा भएको खेलमा घरेलु टिम अष्ट्रेलियाले मंगलबारको दिनको खेलको समाप्तीमा ३ विकेटको क्षतीमा ३ सय ६५ रन बनाएको छ ।  अष्ट्रेलियाका लागि म्याट रेन्सोले १ सय ६७ तथा डेभिड वार्नरले १ सय १३ रन बनाए ।
यसैबीच पाकिस्तान बिरुद्ध अन्तिम टेस्टको पहिलो दिनमा लन्च ब्रेक अगाडि शतक पुरा गर्दै डेभिड वार्नरले अष्ट्रेलियाको मैदानमा किर्तिमान रचेका छन ।
वार्नरले अन्तिम टेष्टको पहिलो दिन कीर्तिमानी प्रदर्शन गरेका छन् । बिहानी सञ सकिनुअगावै उनले ७८ बलमा शानदार शतक प्रहार गरे ।
घरेलु मैदान सिड्नी क्रिकेट मैदानमा शानदार शतक बनाएर कीर्तिमानसहित उनले नयाँ बर्षको उत्कृष्ट सुरुवात गरे ।
वार्नर अष्ट्रेलियाली मैदानमा टेष्टको पहिलो दिनको लञ्चभन्दा अगाडि नै शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।
‘मलाई अदभूत लागिरहेको छ । म मेरा आंकडाका बारेमा कहिल्यै जागरुक हुन्न, लञ्च ब्रेकका लागि फर्केपछि टिमका डाक्टर पिटर ब्रुकनरले मलाई पहिलो पटक यो सुनाएका थिए ।’ वार्नरले भने ।
‘शतक बनाउने बिषयमा मैले त्यतिबेला सोचेको थिएँ जतिबेला मैले ८० रन बनाएको थिएँ र लञ्च ब्रेकका लागि २५ मिनेटको समय बांकी थियो ।’
वार्नरले आफूले खेलेको दोस्रो, चौथो र पाचौं बलमा चौका प्रहार गरेर पाकिस्तानलाई सुरुवातदेखिनै दवावमा राख्न सफल भए । पहिलो विकेट पार्टनरसीपमा पनि टोलीका उपकप्तान वार्नर नै हावी भए । नवौं ओभरमा टोलीले ५१ रन पूरा गर्दा वार्नरले २८ बलमा ४४ रन जोडिसकेका थिए । उनका ओपनिङ जोडी रेनसोले त्यतिबेला २१ बलमा मात्र ६ रन बनाएका थिए ।
टोलीले २१औं ओभरमा १०० रन पूरा गर्दा रेनसोले ६ बाट २१ रन पुर्रुयाउँदा वार्नरले ८० रन बनाइसकेका थिए ।
वार्नरले गत बर्ष वेष्ट इण्डिजबिरुद्ध ८२ बलमा शतक प्रहार गरेका थिए । अहिले चार बल सुधार गर्दै उनली सिड्नी क्रिकेट ग्राउण्डमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बने । पाकिस्तान विरुद्धको तीन टेष्टको श्रृखला अष्ट्रेलियाले २ सुन्यले आफ्नो पक्षमा पारीसकेको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...