Friday,October 20, 2017
  • :
  • :

सम्पादकीय

सकारात्मक सुरुवात


अन्तराष्ट्रिय वर्षको शुभारम्भसगै मधेशको पर्यटकीय क्षेत्रमा सकारात्मक सुरुवात देखिएकोछ । बन्द हडतालको कारण सुकेको पर्यटकीय व्यवसाय सुधारोन्मुख देखिएकोछ ।

विदेसी पर्यटकमात्र नभै अहिले आन्तरिक पर्यटकको संख्यापनि अत्यधिक बढेकोछ ।तराई क्षेत्रमा खासगरि धार्मिक पर्यटकहरु बढी आउने गर्छन । धार्मिक पर्यटकहरुका लागि खासगरि मंसिरदेखि फागुन सम्मको महिना अत्यन्त अनुकुल मानिन्छ ।

राजमार्गबाट आउने पर्यटकहरुका लागि गर्मी भन्दा जाडो उपयुक्त मौसम हुने बताइन्छ ।तराईमा अत्यधिक गर्मी पर्ने भएकाले पनि पर्यटकहरु जाडो यामलाई रोज्ने गरेको देखिन्छ । व्यवसायीहरुका अनुसार यस पटक होटेलमा मानिसहरुको  भीड भएकोछ ।

हुनत भारतमा रहेको नोटबन्दीको प्रभाव पर्यटन क्षेत्रमा पनि परेको छ । तरपनि बिगतको भन्दा यस पटक पर्यटकहरुको आगमनमा बृद्धि भएको देखिन्छ । नया वर्ष मनाउन दुई तीनदिन अगावैदेखि पर्यटकहरु आउन थालेको र त्यो क्रम अझै जारी रहेको व्यवसायीहरुको कथन छ । आन्दोलनको हल्ला नचले पर्यटन क्षेत्रका लागि उत्साहजनक वर्ष हुन सक्ने होटेल व्यवसायीहरुको विश्वास छ ।

तेस्रो मुलुकका पर्यटकहरु कममात्र तराईतिर आउने गरेपनि भारतबाट ठूलो संख्यामा पर्यटकहरु आउने गर्छन । भारतीय हिन्दू पर्यटकहरु मठमन्दिरमा दर्शनपुजा र धार्मिक एतिहासिक स्थलहरुको भ्रमण गर्छन ।हुनत उनीहरु धेरै खर्च नगरेपनि ठूलो संख्या भएकाले थोरथोरै खर्च गरेपनि व्यवसायीहरुका लागि राम्रो हुने गरेकोछ । पर्यटन व्यवसायलाई अझ प्रबद्र्धन गर्ने आवश्कता छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...