Friday,November 24, 2017
  • :
  • :

सम्पादकीय

बाध्य नबनाउ


आदीबासी, जनजाती, मधेशीको अधिकार खोसेर संबिधान जारी गर्ने तीन दलका शिर्ष नेताहरु फेरी मधेशीहरुलाई धकेल्दैछन ।मधेशी जनतालाई आन्दोलन गर्न बाध्य बनाइदैछ ।मधेशी नेताहरु हदै सम्म लचिलो भएकाछन ।उनीहरु डराएर होइन ।आन्दोलनबाट देस र मधेश दुबैलाई हुने क्षतिलाई दृष्टिगतगरि सहमतिबाटै निकास निकाल्न प्रयासरत्त छन ।नेपाली का“ग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु पटक–पटक मधेशी नेताहरुलाई ठग्दै आएकाछन ।कयौं पटक गरेका लिखित सम्झौताको कार्यान्वयन नगरि धोका दिने खसवादी नेताहरुले देसलाई द्वन्दमा धकेल्न उद्यत देखिएकाछन ।संसदमा संबिधान संशोधन प्रस्ताव दर्ता गराएर कार्यकर्ताहरु सडकमा उतार्ने नेका“ र माओवादी केन्द्रले मधेशी नेताहरुलाई झुक्याएका छन ।यद्यपी मधेशी नेताहरु सडक संघर्षमा जान चाहिरका छैनन ।उनीहरु संबादबाटै निकास खोज्न तीन ठूला दलका नेताहरुलाई हारगुहार गरिरहेका छन ।यसको अर्थ मधेशी नेताहरु कमजोर भएका होइनन ।मधेशी नेताहरुको पछाडी सि·ो मधेश छ ।नेताहरुले देखाइरहेको संयमतालाई कमजोरी ठान्नु हु“दैन ।मधेशी मोर्चाका नेताहरु अत्यन्त सुझबुझका साथ देसमा उत्पन्न हुन सक्ने समस्यालाई टार्ने प्रयास गरिरहेकाछन ।तर तीन दलका नेताहरुले उनीहरुलाई अझै धकेल्दैछन ।संबिधान जारीगरि जितेको अहंममा रहेका तीन दलका ठूला नेताहरु अहिलेकै अवस्थामा कुनै चुनाव गराउन सक्दैन ।चुनाव नभए संबिधान नै कार्यान्वयन हुन सक्दैन ।देसलाई द्वन्दमा लग्ने घृष्टता नगर ।मधेशी नेताहरुसित सहमति गर,निकास देउ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...