Saturday,April 21, 2018
  • :
  • :

खेलकुद

साफ च्याम्पियनसिपमा नेपाल भारतसग पराजित

साफ च्याम्पियनसिपमा नेपाल भारतसग पराजित


रासस
काठमाडौ, १९ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।
भारतको सिलगुढीस्थित कञ्चनजंघा रंगशालामा सोमबार भएको सेमिफाइनल खेलमा नेपालले भारतसग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो ।

जितसँगै भारत फाइनलमा प्रवेश गरेको छ । भारतका जितमा कमलादेवी, इन्दुमती र सस्मिता मलिकले एक एक गोल गरे । खेलको पहिलो हाफको अन्तिम समय ४४ औ मिनेटमा कमलादेवीले एक गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाइन् ।

त्यस्तै खेलको दोस्रो हाफमा भारतले दुई गोल थप्यो । नेपाली टोलीको कमजोर रक्षापङ्क्तिको फाइदा उठाउदै इन्दुमतीले खेलको ५९ औँ मिनेटमा गोल गरी भारतको अग्रता दोब्बर बनाइन् । त्यस्तै भारतकी सस्मिताले खेलको ८४ औ मिनेटमा थप एक गोल गरेपछि भारतले नेपालमाथि ३–१ को सहज जित हासिल ग¥यो ।

नेपालका स्ट्राइकर सावित्रा भण्डारीले खेलको ७५ औ मिनेटमा पेनाल्टीमार्फत एक सान्त्वना गोल गरेकी थिइन् । प्रतियोगितामा भारतीय टोलीले नेपाललाई खेल सुरुआतीदेखि नै दबाबमा राखेको थियो ।
प्रतियोगिताको तेस्रो संस्करणसम्म फाइनलसम्म पुगेको नेपाल यस पटक भने सेमिफाइनलबाट नै बाहिरिन पुग्यो । तीनै संस्करणको फाइनल भिडन्तमा नेपाल भारतसग नै पराजित भएको इतिहास छ । गत वर्ष भएको दक्षिण एसियाली खेलकुद (साग) को फाइनल भिडन्तमा पनि भारत नै बाधक बनेको थियो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...