Friday,October 20, 2017
  • :
  • :

व्यापार

मिलोमतोमा कौडीको मोलमा लिलाम, २ लाख बाँडियो

मिलोमतोमा कौडीको मोलमा लिलाम, २ लाख बाँडियो


टुडे समाचारदाता
गौर, १९ पुस ।जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख डाक्टर नवल किशोर झाले लाखौ मूल्य पर्ने जिन्सी समानहरु कम मूल्यमा विक्री गरेका छन ।
कार्यालयमा रहेका फ्रिज ,टेवल ,कुर्सी , पंखा , फर्नीचर , उपचार गर्ने औजार लगायत का सामग्रीहरु प्रमुख झाले आफनो गफमेलका ठेकेदारलाइ न्यूनतम मूल्यमा दिएका हुन । ५ लाख भन्दा बढी मूल्यको सामानहरु १ लाख ७ हजारमा बढाबढको प्रक्रिया अपनाई लीलाम गरिएको हो  ।

कार्यालयले बढाबढको प्रक्रियामा सहभागी हुनेलाइ ९९ हजार ८ सय न्यूनतम मूल्यबाट बोली लगाउन निर्धारण गरेको थियो । लिलामी प्रक्रियामा ३५ जनाले ५ हजारका दरले नगदी धरौटी राखेर निवेदन दर्ता गराई सहभागी भएका थिए । एक हजारको अन्तरमा बोली लगाउने प्रक्रिया अपनाइएकोमा तिन चरणमा ४ हजार रुपैया बढी कबोल गरी लिलाम सकार भएको छ ।

सहभागी भएका मध्ये कार्यालयमा कार्यरत रहेका कर्मचारीहरुको आफनो मिलोमतोंका व्यक्तिहरु बढी संख्यामा रहेका थिए ।
स्वास्थ्य कार्यालयमा आफ्नो प्रभाव जमाएका ठेकेदारले नातागोताका व्यक्तिलाइ समावेश गराई कार्यालयलाइ फाइदा हुने राजश्वलाइ समेत प्रभावित बनाएका छन ।
कार्यालयलाइ प्रत्यक्ष रुपमा फाइदा हुने कार्यमा प्रमुख झा ले आर्थिक प्रलोभनमा पारी कम मूल्यमा लीलाम विक्री गरेका छन ।
झा को अगाडी नै लीलाम साकार गर्ने स्थानीय गौर नगरपालिका वार्ड नम्बर ९ निवासी संजीव गुप्ताले प्रक्रियामा सहभागी भएकाहरुलाइ बढी रकम नबोलनका लागि जनहि ५ , ५ हजार नगदका दरले १ लाख ७५ हजार वितरण गरी लीलाम साकार गरेका हुन ।

प्रमुख झा , लेखपाल राजेन्द्र यादव , तथा प्रतिनिधीहरुलाई पनि ५ हजार र ४ जन प्रहरीलाइ २५० का दरले १ हजार रकम वितरण गरिएको आधिकारिक स्रोतले जनाएको छ ।
खुलेआम रुपमा राजश्व दुरूपयोग गर्ने कार्यालय प्रमुखलाइ कानूनी दायरमा ल्याउनु पर्ने स्थानीय बासिन्दा हरुको भनाइ रहेका छन । बढाबढ प्रक्रियामा सहभागी भएकी महिला स्थानीय गाउ विकास समिति  राजदेवी ६ निवासी सुनैना देवीको नाउमाँ कीर्ते हस्ताक्षर गरी बोल काबोल गर्नवाट बन्चित गरिएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...