Friday,November 24, 2017
  • :
  • :

अन्तराष्ट्रिय

रात्रि क्लब आक्रमणमा आइएस आवद्ध आतङ्ककारीले गरेको आशङ्का

रात्रि क्लब आक्रमणमा आइएस आवद्ध आतङ्ककारीले गरेको आशङ्का


एएफपी
इस्तानबुल, १९ पुस । टर्कीको इस्तानबुलमा रहेको एक रात्रि क्लबमा नया“ वर्षको सुरु भएको उपलक्ष्यमा रमाइलो गरिरहेका व्यक्तिमाथि भएको आतङ्ककारी आक्रमण इस्लामिक स्टेट (आइएस) आवद्ध जिहादी समूहले गरेको आशङ्का गरिएको छ ।

टर्कीका अधिकारीद्वारा जारी एक प्रतिवेदनमा सो आशङ्का गरिएको  त्यहँका दैनिक पत्रिका हुरिएतले जानकारी दिएको छ ।

रैना नामक यस विशिष्ट रात्रिक्लबमा भएको आक्रमणमा परी ३९ जनाको मृत्यु भएको छ । यी सबैको अन्तिम संस्कार गरिएको पनि जानकारी दिइएको छ ।
हुरिएतका अनुसार टर्कीका प्रहरी र गुप्तचर निकायका अधिकारीलाई आइएस आवद्ध आतङ्ककारीले नयाँ वर्षको सुरुमा टर्कीका कैयँै सहरमा आक्रमण गर्ने चेतावनीसमेत दिएका थिए ।

यसै चेतावनीको आधारमा जारी प्रहरी कारबाहीमा आशङ्कित व्यक्ति पक्राउ समेत परेका  जनाइएको छ ।   किर्गिजस्तान र उज्बेकिस्तानबाट आएका आइएस आतङ्ककारीसँग आवद्ध रहेको विश्वास गरिएका ती आतङ्ककारी अर्को आक्रमण तयारीमा रहेका समेत अनुमान गरिएको छ ।

अधिकारीका अनुसार यस घटनामा मारिएमा इजरायल, फ्रान्स ट्युनिसिया लेबनान, भारत र बेल्जियम जोर्डन र साउदी अरेबियामा गरी करिब १६ जना विदेशी नागरिक रहेका छन् ।
आक्रमणकारीले रैनारात्रि क्लबमा प्रवेशद्वारमा नै रहेका एक प्रहरी र सर्वसाधारणलाई नै गोली हानेर हत्या गरेपछि  भित्र छिरेर जथाभावी गोली प्रहार गर्न सुरु गरेका थिए  ।
गृहमन्त्री सुलेमान सोएलुले आक्रमणकारीको खोजीकार्य तीव्र पारिएको र चाँडै नै नियन्त्रणमा लिइने विश्वास व्यक्त गर्नुभएको छ ।
यस आक्रमणमा घाइते भएका अन्य ६९ जनाको अस्पतालमा उपचार भइरहेको र घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या पनि बढ्ने अनुमान गरिएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...