Friday,November 24, 2017
  • :
  • :

अन्तराष्ट्रिय

कोइलाखानी भत्किदा ज्यान गुमाउनेको सङ्ख्या १७ पुग्यो


एएफपी
झारखण्ड, १९ पुस । गत बिहीबार राति पूर्वी भारतीय राज्य झारखण्डमा अवस्थित एक कोइलाखानीमा भत्किदा भएको घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १७ पुगेको छ । बेपत्ता  भएका व्यक्तिमध्ये ६ जनाको शव निकालेपछि आइतबार सो सङ्ख्या १७ पुगेको र अझै बेपत्ता रहेका ६ जना  कामदारको उद्धारकार्य जारी रहेको बताइएको छ ।

यस घटनामा मारिने व्यक्तिको सङ्ख्या २३ पुग्ने आशङ्का गरिएको झारखण्डका प्रहरी प्रवक्ता आरके मल्लिकले एएफपी समाचार समितिलाई जानकारी दिनुभएको छ ।

सन् २०१५ मा भारतमा अवस्थित विभिन्न खानीमा भएका दुर्घटनामा ३८ व्यक्तिको मृत्यु भएको थियो । भारत कोइला उत्पादनको लागि विश्वमा नै तेसं्रो स्थानमा पर्ने राष्टूको रूपमा रहेको छ । आफ्नो देशमा आवश्यक रहेको कोइलाको ६० प्रतिशत भारतको उत्पादनले पुग्ने बताइन्छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...