Tuesday,December 12, 2017
  • :
  • :

राष्ट्रिय

ओलीको अडान कायमै रहेपछि एकाएक नरम बने प्रचण्ड–देउवा


टुडे समाचारदाता
काठमाडौं, १९ पुस । सत्तारुढ दल नेपाली कँग्रेस र नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सहमतिमै लिएर जाने भन्दै लचकता प्रस्तुत गरेका छन् ।

सत्तारुढ दलले यसअघि एमालेको अवरोधकाविचपनि संविधान संशोधन विद्येयक अघि बढाउने सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर एमालेले आप्mनो अडान नछोडेपछि सत्तारुढ दल एका एक ब्याक भएका छन् ।

अन्ततः उनीहरु मधेसी मोर्चाको मँगलाई सम्बोधन गरेर जाने भन्दै एमालेसग लचक भएका छन् ।
सोमबार विहान सहमति जुटाउन बसेको प्रमुख तीन दलको बैठकमा थानीय, प्रदेश र संघीय संसदको चुनाव आगामी मंसिरभित्र गरिसक्नु पर्नेमा सत्तारुढ र प्रमुख विपक्षी दलका नेताहरुको समान धारणा देखिएको छ ।

तर, संविधान संशोधन र संसदको अवरोध हटाउनेबारे अझैसम्म एमाले सहमत हुन सकेको छैन । एमालेले सरकारले उक्त संशोधन विद्येयक फिर्ता नलिएसम्म संसद अवरोध कायमै राख्ने कडा अडान दोहोर्याएको छ ।

सोमबारको बैठकमा कांग्रेस र माओवादी नेताहरुले मधेसलाई सम्बोधन गर्ने सवालमा मतभेद भए राख्नको लागि एमाले अध्यक्ष ओलीसग आग्रह गरेका छन् । त्यतिमात्रै नभएर उनीहरुले तत्काल संसद अवरोध हटाउन समेत एमाले शीर्ष नेताहरुसग आग्रह गरेका छन् ।

तर एमाले अध्यक्ष ओलीले भने संसदको गतिरोध लामो समय लम्ब्याउने पक्षमा आफूहरु पनि नरहेको बताउदै भने, ‘संशोधन विद्येयक फिर्ता लिनुपर्छ, एमालेले संसद अवरोध गर्दैन् ।’ ओलीले संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद अवरुद्ध कायमै रहने जिकिर गरेका छन् । सञ्चारकर्मीहरुसग कुरा गर्दै उनले भने, ‘संशोधन विद्येयक फिर्ता हुनासाथ संसद खुल्छ। राम्रो हुन्छ र देश निर्वाचनमा जान्छ ।’

सत्तारुढ दलले दबाबपूर्ण तरिकाले संसदमा प्रस्ताव पेश गर्न रणनीति सुनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले व्यंग्य गर्दै भने, ‘के को रणनीति ?’ । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आप्mनो पार्टीसँग पनि संसद अवरोधबाहेक अरु रणनीति नभएको भन्दै अघि थपे, सोझो हिसाबले प्रस्ताव फिर्ता लिनासाथ सकिगो नि । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजि श्रेष्ठले पनि एमालेसग सहमति जुटाएर जानुपर्ने बताएका छन् । यसरी हेर्दा, सत्तापक्ष अहिले प्रतिपक्षीसग मिलेरै अघि बढ्ने रणनीतिमा देखिएको छ ।

केही दिनअघिमात्रै काग्रेस सभापति शेरबहादुर देउवाले अब संसद प्रक्रियामा अघि बढ्ने र संशोधन प्रस्ताव पनि दुई तिहाईले पारित गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यतिमात्रै नभएर उनले एमालेको अवरोधकावीचमा पनि संशोधन प्रस्ताव पारित हुने भन्दै एमालेलाई चूनौति दिएका थिए । तर अहिले आएर सत्तापक्ष एका एक नरम बनेको छ ।

हुन त सत्तापक्ष र प्रतिपक्ष दुवैले चुनावमा जानुपर्ने भन्दै आ–आप्mनो पार्टीको अडान छोड्ने संकेत देखाएका छन् । तर संशोधन प्रस्ताव नै राष्ट्रहित भन्दै आएको एमालेले यो प्रस्तावलाई आप्mनो पार्टीले संसदमा छलफल नै गर्न नदिने चूनौति सत्तारुढ दललाई दिईसकेको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...