Friday,November 24, 2017
  • :
  • :

छर-छिमेक

मध्यरातदेखि थपियो ४० मेगावाट विद्युत


रासस
काठमाडौ, १८ पुस । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा गएको मध्यरातदेखि थप ४० मेगावाट विद्युत् थप भएको छ ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीकाअनुसार ढल्केबर–मुजप्mफरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गरिएको हो ।भारतको मुजप्mफरपुर सबस्टेसनमा जडान गरिएको एक सय एमभीएको टूान्सफर्मरबाट भारतको विद्युत् व्यापार गर्ने संस्स्था एनभिभिएमले प्रतियुनिट पाच रुपैयँ ६० पैसामा नेपाललाई विद्युत् उपलब्ध गराएको हो ।
भारतबाट यसअघि ३०० मेगावाटसम्म बिजुली आयात गर्ने गरिएको थियो । यसमा ४० मेगावाट थप भएको छ । मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने अभियान स्वरुप नै प्राधिकरणले भारतबाट थप विद्युत् आयात गरेको हो ।  प्रवक्ता अधिकारीले उक्त अन्तरदेशीय प्रसारण लाइनबाट यसअघि ८० मेगावाट विद्युत् आयात भइरहेको छ भने थप ४० मेगावाट आयात भएपछि १२० मेगावाट पुगेको छ । सोही प्रसारण लाइनबाट आगामी माघ १७ गतेदेखि थप ४० मेगावाट विद्युत् आयात गरिनेछ ।
गत तिहारबाटै काठमाडौ उपत्यकामा विद्युत्भार काटौती अन्त्य भएको छ भने थप विद्युत्को जोहो गरेर मुलुकलाई नै विद्युत्भार कटौती अन्त्य गर्ने योजनामा सरकार लागिरहेको छ । नदीमा पानीको बहाव घटेर उत्पादन कम भए पनि भारतबाट आयात गरिएको विद्युत्ले सन्तुलन कायम गराउन मद्दत पुग्ने प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...