Thursday,October 19, 2017
  • :
  • :

राष्ट्रिय

प्रस्ताव फिर्ता नलिए समस्या बल्झने चेतावनी

प्रस्ताव फिर्ता नलिए समस्या बल्झने चेतावनी


रासस
बर्दिवास, १८ पुस । नेकपा         (एमाले)का नेता माधवकुमार नेपालले सरकारले अवरुद्ध संसद् खोल्न पहल नगरेको आरोप लगाउनुभएको छ ।
महोत्तरीको बर्दिवासमा जिल्लाका आफ्नै दलका अगुवालाई अहिलेको राजनीतिक अवस्थाबारे अवगत गराउदै नेता नेपालले सरकारले प्रमुख विपक्षीलाई बेवास्ता गरी प्रस्ताव पेस गर्न खोजे समस्या झन् बल्झने पूर्वप्रधानमन्त्री नेपालले औल्याउनु   भयो ।

आफ्नो पार्टी सहमति र आपसी सहकार्यको राजनीतिबाट अघि बढ्न तत्पर रहेको बताउदै उहँले संशोधन प्रस्ताव फिर्ता लिनासाथ अरु प्रक्रिया अघि बढ्ने विचार व्यक्त         गर्नुभयो ।
 “एमालेलाई मधेस विरोधी भनेर हल्ला पिट्नेलाई म चुनावको घोषणा गरेर जनतामा पुग्न चुनौती दिन्छु, मधेसी जनता समुचित निर्णय दिन सक्षम छन्”, उहाले भन्नुभयो । 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...