Friday,October 20, 2017
  • :
  • :

राष्ट्रिय

‘राष्ट्रिय सहमति गरेर मात्र संविधान संशोधन गरिनुपर्छ’


रासस
दाङ, १८ पुस । नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले संविधान कार्यान्वयनको साटो सरकारले संशोधनलाई प्रमुख ठानेका कारण देशमा असहज परिस्थति सिर्जना भएको बताउनुभएको छ ।
आइतबार भएको पत्रकार समेलनमा नेता  रायमाझीले ‘संविधान संशोधनभन्दा संविधान कार्यान्वयन महत्वपूर्ण विषय भएकाले’ सरकार त्यसतर्फ लाग्नुपर्ने सुझाव उहँको थियो ।

 उहाले पहिला राष्ट्रिय सहमति गरेर मात्र संविधान संशोधन गरिनुपर्ने धारणा राख्नुभयो ।

पूर्वउपप्रधानमन्त्री रायमाझीले भन्नुभयो, ‘तराईको उर्वराभूमि, पहाडको पानी र हाम्रो आनीबानी मिलेकाले तराई र पहाडलाई छुट्याउन हुदैन भन्नुभयो ।”  एक प्रसङ्गमा उहाले दाङलाई  राष्ट्रिय राजधानी बनाउनुपर्ने विचार पनि व्यक्त गर्नुभयो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...