Friday,November 24, 2017
  • :
  • :

अन्तराष्ट्रिय

बुरुन्डीका वातावरण मन्त्रीको गोली हानी हत्या


एएफपी
नैरोवी, १८ पुस । बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ ।
पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिनुभयो ।

वातावरण मन्त्री स्थानीय समयानुसार मध्यराति १२ः४५ बजे आफ्नो घरबाट रोहेरो भन्ने स्थानमा जार्दै गर्दा अपराधिका एक समूहले गरेको आक्रमणमा परी नियोन्कुरुको मृत्यु भएको कुरिकियले ट्वीटरमा जानकारी दिनुभएको छ । घटनास्थलबाट प्रहरीले एक जना महिलालाई पनि पक्राउ गरेको उहा“ले जानकारी दिनुभएको छ ।

राष्ट्रपति पेइर्रे कुरुन्जीजाले पनि मृतकका आफन्त र बुरुन्डीका जनताप्रति सहानूभूती व्यक्त गर्नुहुदै हत्यारालाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बुरुन्डीमा सन् २०१५ बाट सुरु भएको हिंसाका कारण अहिलेसम्म पा“च सय जनाको मृत्यु भएको छ भने तीन लाख जना विस्थापित भएका छन् ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...